न्यायालय शुद्धीकरणको माग गर्दै सुनसरी बार दबाबमूलक अभियानमा

0
51
Sunsari bar pressure campaign demanding court purification
sunsari bar

इनरुवा । न्यायालय शुद्धीकरणको माग राख्दै आन्दोलन सुरु गरेको नेपाल बार एशोसिएशनको आह्वानमा सुनसरी जिल्ला अदालत बार इकाईले आइतबारबाट दबाबमूलक कार्यक्रमको थालनी गरेको छ ।

सुनसरी बारका अध्यक्ष अश्विनीकुमार भट्टराईको नेतृत्वमा कार्यालय परिषरमा भेला भएका अधिवक्ताहरुले ध्यानाकर्षणसहितको दबाबमूलक कार्यक्रम अन्तर्गत सामूहिक धर्ना दिएका छन।

विभिन्न प्लेकार्ड र ब्यानरसहित भेला भएका अधिवक्ताहरुले धर्नाका क्रममा स्वतन्त्र न्यायपालिका रक्षाको मागसहित न्यायालयभित्रको भ्रष्टाचार, विकृति र विसंगति अन्त्यको माग गरे ।

केन्द्रीय परिपत्र अनुसार आन्दोलनमा होमिएको सुनसरी बारले पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली अविलम्ब लागु हुनु पर्ने र प्रधान न्यायाधिशको नियुक्ति तत्काल गरिनु पर्ने जस्ता मुद्धा सर्तका रुपमा अघि सारेको छ ।

दबाबमूलक कार्यक्रममा उत्रिएको बारले सर्वोच्चसहित रिक्त रहेका सबै तहका अदालतमा न्यायाधिश नियुक्ति हुनुपर्ने, संवैधानिक परिषदको बैठक डाकिनु पर्ने, संवैधानिक दायित्व पूरा गरिनु पर्ने र संसदीय सुनुवाई समिति गठन गरिनु पर्ने जस्ता माग राखेको छ ।

अभियान थालनीका क्रममा कार्यालय परिषरमा धर्नामा बसेका सुनसरी बारका पदाधिकारीसहितको टिमले नेपाल बार एशोसिएशनको आह्वानबमोजिम सम्वन्धित निकाय समक्ष ध्यानाकर्षण गराउने उद्देश्य बमोजिमको एक हप्ते दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिइने अधिवक्ता राजु ढकालले जानकारी दिए ।

अघिल्लो लेखमाऔषधी खरिद प्रकरणमा छानविन समिति प्रतिवेदन बुझायो
अर्को लेखमाXiaomi Redmi 6 Stock Firmware ROM Flash File

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्