इनरुवा । परम्परागत रुपमा कपाल काट्ने व्यवसाय गर्दै आएका ठाकुर समुदायको भातृ संस्था ठाकुर सेवा समाज सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा सम्पन्न भएको छ ।

ठाकुर सेवा समाजको प्रथम सुनसरी जिल्ला अधिवेशनको उद्घाटन नेपाली काग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले गरेको थिए ।

सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कार्कीले सवै जात जातिको पेशाको सम्मान गर्दै संविधानले दिएको समानताको अधिकारलाई प्रत्याभुत हुने वातावरण बनाउनु पर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका कार्कीले ठाकुर समुदायलाई शिक्षामा पहुच पु¥याउनका लागि सरकारले विशेष नीति बनाउनु पर्नेमा जोड दिदै परम्परागत पेशालाई आधुनिक बनाउदै रोजगारका लागि सूचना प्रविधिको युगअनुसार अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं २ का सांसद् सीताराम मेहताका साथै प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, प्रदेशसभा सासंद ज्योती सुब्बा, नगर प्रमुख राजन मेहता, केन्द्रीय सदस्य कल्पना चौधरी लगायतका कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टीभित्र एकताको खाँचो औल्याएका छन् । उनीहरुले मुलुकको निकाशको लागि कांग्रेस बाहेकको विकल्प नरहेको भन्दै पार्टीका सबै वर्ग र कमिटी एकतावद्ध हुन आवश्यक रहेको बताए ।

ठाकुर सेवा समाजका केन्द्रीय अध्यक्ष अनिरुद्र ठाकुरसमेतको उपस्थिति रहेको जिल्ला अधिवेशन कार्यक्रम संयोजक राजकुमार ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनले जिल्ला कार्य समिति चयन गर्ने बताइएको छ ।

अघिल्लो लेखमासुनसरीका प्रहरीलाई इलेक्ट्रिक तालिम
अर्को लेखमाएक दशकपछि भाण्टावारी खानेपानी योजना सञ्चालन

13 टिप्पणीहरू

  1. I’m really impressed together with your writing abilities and also with the format in your weblog. Is that this a paid topic or did you customize it yourself? Either way keep up the excellent high quality writing, it is rare to peer a great blog like this one nowadays..

  2. I’ve been exploring for a little bit for any high quality articles or blog posts on this kind of area . Exploring in Yahoo I at last stumbled upon this website. Reading this info So i’m happy to convey that I’ve an incredibly good uncanny feeling I discovered just what I needed. I most certainly will make sure to don’t forget this site and give it a glance regularly.

  3. Thanks for sharing superb informations. Your website is very cool. I am impressed by the details that you have on this site. It reveals how nicely you perceive this subject. Bookmarked this website page, will come back for more articles. You, my friend, ROCK! I found simply the information I already searched everywhere and simply could not come across. What an ideal website.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्