इनरुवा । पहिलो चरणमा कोभिड १९ विरुद्धको खोप लगाएकाहरुका लागि दोस्रो चरणको खोप आगामि बैशाख ७ गतेबाट पाँच दिनसम्म लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले आइतवार एक सूचना प्रकाशित गरेर बैशाख ७ गतेदेखि ११ गतेसम्म पाँच दिन जिल्लाका विभिन्न १२ खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन गर्ने जनाएको हो ।

कार्यालयका अनुसार धरान स्वास्थ्य चौकी, इटहरी अस्पताल, इनरुवा अस्पतालबाट बैशाख ७ देखि ११ सम्म पाँच दिन खोप अभियान सञ्चालन हुने छ ।

रामधुनी कोभिड अस्पतालमा ७ देखि ९ सम्म तीन दिन, लुनकरण दास च्यारिटी अस्पताल दुहवी र बराह नगर अस्पतालमा ७ देखि १० सम्म चार दिन खोप अभियान चल्ने छ ।

त्यसैगरी देवानगञ्ज स्वास्थ्य चौकी, हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र, अमाहीबेला स्वास्थ्य चौकी, लौकही स्वास्थ्य चौकीमा ७ देखि ९ गतेसम्म तीन दिन, आधारभुत स्वास्थ्य केन्द्र भोक्राहामा ७ र ८ दुई दिन र औरावनी स्वास्थ्य चौकीमा ९ र १० गते दुई दिन खोप अभियान सञ्चालन हुने छ ।

कार्यालयले दोस्रो चरणको यो खोप अभियानमा ६ हजार ३ सय ३४ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । जसमा धरानमा ११३८, इटहरीमा १४१४, इनरुवामा ७६६, रामधुनीमा २९६, दुहवीमा ७८३, बराहक्षेत्रमा ४३७, देवानगञ्जमा २५६, हरिनगरमा २९५, बर्जुमा २४९, कोशीमा २५८, भोक्राहा नरसिंहमा १८१ र गढी गाउँपालिकामा २६१ जनालाई खोप लगाउने लक्ष्य लिएको जनाएको छ ।

अघिल्लो लेखमाप्राज्ञ पागलको स्मृतिमा सिर्जनामा इनरुवाको दशौँ श्रृंखला
अर्को लेखमासुनसरीको सिमाक्षेत्रमा अबैद्य आवतजावत बढेपछि संयूक्त रात्रीकालिन गस्ती

9 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्