इनरुवा । पार्टीको आसन्न चौधौ महाधिवेशन नजिकिदै गर्दा जिल्लामा सबैभन्दा बढी क्रियाशिल सदस्य रहेको सदरमुकाम इनरुवामा आगामि भदौ २१ गते हुने वडाअधिवेशनमा आफ्ना पक्षका धेरैभन्दा धेरै निर्वाचित गराउन रस्साकस्सी सुरु भएको छ ।

सुनसरीमा स्पष्ट रुपमा सभापति शेरबहादुर देउवा र कोइराला पक्षबीच आफू पक्षधरहरुलाई बढीभन्दा बढी निर्वाचित गराउने गरी नेताहरुको सक्रियता बढेको छ ।

यसक्रममा इनरुवाको १० वटा वडाको नेतृत्वको दावीसहित तीस जनाभन्दा बढीले आफ्नो दावेदारी सार्वजनिक गरिसकेका छन । वडा सभापतिको लागि वडा नम्बर १ मा दुई, वडा नम्बर २ मा ४, वडा नम्बर ३ मा ३, वडा नम्बर ४ मा ६, वडा नम्बर ५ मा ४, वडा नम्बर ६ मा ३, वडा नम्बर ७ मा २, वडा नम्बर ८ मा २, वडा नम्बर ९ मा २ र वडा नम्बर १० मा पनि २ जना दावेदार देखिएका छन ।

वडा नम्बर १ को वडासभापति पदका लागि अहिलेका वडाअध्यक्षसमेत रहेका सभापति रामचन्द्र पोद्धारले पुनः उमेदवारी दिने भएका छन भने उनका बिरुद्ध युवा नेता प्रदिप ढकालले पनि आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।

यहाँ ६ सय ८८ जना मतदाता रहेका छन । जसले ६६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्ने छ ।

वडा नम्बर २ को वडासभापतिमा भुपेन्द्रसिहं यादव, रामचन्द्र मेहता, सन्तोष शर्मा र बादल साहले उमेदवारी घोषणा गरेका छन । त्यहाँ ७ सय ६६ जना मतदाता रहेका छन । वडा अधिवेशनमार्फत त्यहाँबाट ७६ जना क्षेत्रीय प्रतिनिधि चयन हुने छन ।

वडा नम्बर ३ को वडासभापति पदका लागि वर्तमान वडासभापति सुनोज निरौलाले दोस्रो कार्यकालका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन भने उनलाई चुनौति दिन गुरुदेव चौधरी र कुमार बरालले उमेदवारी घोषणा गरेका छन ।

सो वडामा ५ सय २ जना मतादाता रहेका छन । जसले वडा समितिसहित ४६ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

वडा नम्बर ४ को वडासभापति पदका लागि जितेन्द्र यादव, प्रमु पण्डित, ब्रहमदेव पण्डित, रामेश्वर मेहता, कृषलाल राजभर, राजाराम पण्डितले उमेदवारी घोषणा गरेका छन ।

त्यहाँ ४ सय ३ जना मतदाता रहेका छन । जसले २६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्ने छ ।

वडा नम्बर ५ को वडासभापति पदका लागि कलाधर पोखरेल, राजन दाहाल, तिर्थनारायण श्रेष्ठ र तुलसीप्रसाद दुलाल आकांक्षी देखिएका छन ।

त्यहाँ २ सय मतदाता रहेका छन । जसले २६ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन ।
वडा नम्बर ६ को वडासभापतिको लागि मोहनकुमार श्रेष्ठ, अञ्जन बिष्ट र उत्तम कार्की आकांक्षी देखिएका छन । वर्तमान सभापती सुमन थापाले आफु वडासभापति पदका लागि उमेदवारको आकाक्षी नरहेको घोषणा गरेपछि तीन जनाको मात्रै दावेदारी देखिएको हो ।

त्यहाँ ३ सय ५५ जना मतदाता रहेका छन । जसले ३६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्ने छन ।

वडा नम्बर ७ को सभापतिको लागि वडाध्यक्षसमेत रहेका किशोर सिंहले उमेदवारी घोषणा गरेका छन । उनको प्रतिष्पर्धीका रुपमा वर्तमान कार्यबाहक सभापति हिक्मत सिंहले उमेदवारी दिने जनाएका छन ।

सो वडामा २ सय १४ जना मतदाता रहेका छन । जसले १६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्ने छन ।

त्यसैगरी वडा नम्बर ८ मा वर्तमान सभापति राजकिशोर मण्डल र बाबुराम कार्कीले उमेदवारी घोषणा गरेका छन ।

त्यहाँ रहेका ३ सय ५२ जना मतदाताले वडा समितिसहित ३६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्नेछन ।

वडा नम्बर ९ मा लक्ष्मी चौधरी, कृष्णदेव मेहताले वडासभापति पदमा उमेदवारीको घोषणा गरेका छन । त्यहाँ रहेका ६ सय ५९ जना मतदाताले वडासमितिसहित ६६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्नेछन ।

वडा नम्बर १० मा डा. खलिल अहमद र मोहमद ओलिमले वडासभापति पदका लागि उमेदवारी घोषणा गरेका छन ।

त्यहाँ रहेका १ सय ८१ जना मतदाताले वडा समितिसहित १६ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गर्नेछन ।

इनरुवामा नेपाली कांग्रेसका नयाँ थपिएका र पुरानासहित ४ हजार ४ सय २० जना क्रियाशिल सदस्य मतदाता रहेका छन ।

नेपाली कांग्रेस सुनसरीका सदस्य विरेन्द्र साहका अनुसार नगरक्षेत्रका प्रत्येक वडाबाट पदाधिकारी ७ जनासहित २० जना कार्यसमिति सदस्य रहने गरि २७ जनाको निर्वाचन भदौ २१ गते हुने भएको हो । साहले वडा अधिवेशनबाटै इनरुवा नगरक्षेत्रका सवैबाट ४ सय १० जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित हुने बताए ।

क्षेत्रिय प्रतिनिधिलाई क्रियाशिल सदस्यसहित पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य,संद्यीय र प्रदेशसभाका सांसदले मतदान गर्नेछन ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका मेयर राजन मेहताले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा चुन्ने चुनिने अधिकार सवै क्रियाशिल सदस्यहरुलाई रहेकाले भोलीका दिनमा द्धन्द नहुने गरि सहमतिमा वडादेखि नगरसम्मको नेतृत्व चयन गराउन आफु सक्रिय रहेको बताए ।

उनले निकट समयमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचनलाई समेत मध्यनजर गरी आपसी सहमतिमा सवै वडाहरुमा निर्विरोध निर्वाचित हुने अवश्था सृजना गराउँन पार्टी संगठनलाई मजबुत बनाउने गरि सवै उमेदवार र क्रियाशिल सदस्यहरु बिचमा व्यापक छलफल गरिएको बताए ।

मेहताले आफु पार्टीको अहिले र भोलीको परिस्थितिलाई अगाडि लैजाने गरि आन्तरिक संगठनमा चुनावको विपक्षमा रहेकाले निर्विरोध गराउन सकेसम्मको भूमिका खेल्ने बताए ।

अघिल्लो लेखमाएमाले सुनसरीेको अध्यक्षमा रमेश बस्नेतलाई पुर्नस्थापित गर्ने निर्णय
अर्को लेखमाइनरुवा ३ नम्बरमा काग्रेसको वडाअधिवेशनमा सुनोजको प्यानलै उम्मेदवारी

7 टिप्पणीहरू

  1. Its such as you learn my mind! You appear to understand a lot approximately this, such as you wrote the ebook in it or something. I feel that you just can do with some to drive the message home a little bit, however instead of that, that is excellent blog. A great read. I will definitely be back.

  2. I know this if off topic but I’m looking into starting my own blog and was curious what all is required to get setup? I’m assuming having a blog like yours would cost a pretty penny? I’m not very internet savvy so I’m not 100 positive. Any recommendations or advice would be greatly appreciated. Appreciate it

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्