इनरुवा । पुर्वराजा ज्ञानेन्द्र शाहको इनरुवामा हुने नागरिक अभिनन्दन प्रति स्थानिय प्रशासनले चासो देखाउदै खुल्ला सभा समारोह गर्नका लागि गृह मन्त्रालयसँग समन्वय गर्न आयोजकलाई सुझाव दिएको छ ।

नागरिक अभिनन्दन कार्यक्रम आयोजक समितीका सदस्य भुपाल प्रधानका अनुसार २०७९ चैत २० गते इनरुवामा हुने पुर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रममा सुरक्षा चुनौती हुने ठहर गर्दै स्थानिय प्रशासनले गृह मन्त्रालयसँग समन्वय गर्न सुझाएको हो ।

आयोजक समितीका प्रधानले भने अभिनन्दन कार्यक्रम समबन्धमा सुनसरीको स्थानिय प्रशासनसँग भएको छलफलमा कोशी प्रदेशको नामकरण विरुद्ध आन्दोलनमा उत्रिएको पहिचानवादीहरुको विरोध कार्यक्रमका कारण सुरक्षा चुनौती थपिने भएकाले गृह मन्त्रालयसँग समन्वय गरेर मात्र अभिनन्दन कार्यक्रम गर्न सुझाव दिएको थियो ।

अभिनन्दन कार्यक्रमको प्रचार प्रसार कार्यको नेतृत्व गरिहेका पुकार श्रेष्ठका अनुसार सुनसरीका सुरक्षा प्रमुखहरुले पुर्वराजाको इनरुवामा हुने पैदल भेटघाट कार्यक्रमलाई स्थगन गर्न, खुल्ला चौरमा भन्दा सभाहलमा कार्यक्रम आयोजना गर्न र अहिलेको अवश्थामा तत्काल ठुलो भिडभाड भेला जम्मा नपार्न आयोजकलाई सुझाव दिएका छन ।

स्थानिय प्रशासनले कार्यक्रमको आयोजना गर्ने स्थल भन्दा बाहिर पैदल हिडने कार्यक्रम नराख्न सुझाव दिदै पुर्वराजा ज्ञानेन्द्र शाहलाई सिधै कार्यक्रमको मञ्चमा मात्रै ल्याउनका लागि आग्रह गरेको श्रेष्ठको भनाई छ ।

अभिनन्दन कार्यक्रमको आयोजक समितीले २० गतेका दिन इनरुवामा ठुलो सख्याँमा कोशी प्रदेशमा रहेका पुर्वराजका समर्थकका साथै विभिन्न क्षेत्रका व्यत्तीत्वहरुको ठुलो सख्याँमा सहभागीता रहने भएकाले पुर्वनिर्धारित कार्यक्रममा कुनै हेरफेर नहुने जनाएको छ ।

चैत २० गते इनरुवामा हुने कार्यक्रममा पुर्वराजा ज्ञानेन्द्र शाहले मन्तव्य राख्ने कार्यक्रम रहेकाले देश विदेशमा रहेका नेपाली तथा विदेशीहरुले उनको मन्तव्यलाई चासोपुर्वक प्रतिक्षा गरिरहेको आयोजकको दावी छ ।

यसैगरि सो दिन इनरुवामा ठुलो सख्याँमा मानिसहरु भेला गर्नका लागि विभिन्न हिन्दुवादी संध सस्थाँ र राजतन्त्रका पक्षधरहरुले सुनसरी लगायतका स्थानहरुमा विभिन्न कार्यक्रम मार्फत प्रचार प्रसार गर्दै इनरुवा आउने वातावरण बनाउन थालेको स्रोतको दावी रहेको छ ।

हाल इनरुवा तथा आसपासका जिल्लाहरुमा देशका विभिन्न स्थानबाट आएका राजाका समर्थकहरुले चैत २० गते इनरुवाको कार्यक्रम देशको राजनितिक क्षेत्रका लागि विशेष मह्त्वको हुने दावी गर्दै सो दिनबाट राजनितिकको कोर्ष परिवर्तन तर्फ अगाडी बढने दावी गरेका छन ।

अघिल्लो लेखमालौकहीदेखि काँकडभिट्टासम्मको पुर्वपश्चिम राजमार्ग आगामी वर्ष विस्तार हुने
अर्को लेखमाइनरुवाका प्रत्येक वडाका स्वास्थ्य चौकीहरु कार्यालय सहयोगिका भरमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्