इनरुवा । पूर्वराजा ज्ञानेन्द्र शुक्रवार मध्यरातीसम्म साँढे छ घण्टा इनरुवामा बसेर गुड फ्राईडे पार्टीमा सहभागि भएका छन ।

इनरुवा ४ जिरायतमामा रहेको स्वर्गिय दिलबहादुर श्रेष्ठका जेठा छोरा एवम राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठको निवासमा आयोजित पारिवारिक पार्टी र भेटघाट कार्यक्रममा सहभागि हुन सपरिवार आएका पूर्वराजा ज्ञानेन्द्र बेलुका सात बजेदेखि राती एक वजेसम्म रमाईलो गर्दै विताएका थिए ।

बेलुका सात बजे आफै गाडी चलाएर आएका पूर्वराजासँग उनकी श्रीमति कोमल, फुपु, पूर्वरानी कोमलकी दिदी लगायतका परिवारका सदस्यहरु पनि साथै थिए ।

पाहुनाहरुलाई स्वागत गर्न श्रेष्ठ दम्पती बाहेक इनरुवाका राजावादी अगुवा भुपाल प्रधान, मोहिनारायण चौधरी, विनोद गिरी, रोशन अधिकारीसहितका पनि पुगेका थिए ।

फुलको गुच्छा लिएर विश्राम गर्ने कक्षमा पुगेका पुर्वराजाले हातमा सेनिटाइजर लगाएका थिए ।

इनरुवा तथा आसपासका राजावादी समर्थकहरुलाई समेत जानकारी नगराईएको सो गुड फ्राइडे पार्टीलाई अति गोप्य बनाइएको थियो ।

पारिवारिक कार्यक्रम भनिएपनि त्यहाँ बद्री मण्डल, रामकुमार सुब्बा, बल्लभ दाहाल सहितका राजावादी नेताहरु पनि सहभागि भएका थिए ।

उनीहरुसँग पूर्वराजा ज्ञानेन्द्रले खाजासहित लामो भेटवार्ता गरेका थिए । करिब तीन घण्टा उनीहरुसँगको छलफलमा बिताएका पूर्वराजा ज्ञानेन्द्र त्यसपछि राष्ट्रबादी मोर्चाका नेता कार्यकर्ताहरु रहेको स्थानमा आएर उनीहरुसँग भेट गरेका थिए ।

सो स्थलमा पूर्वराजाको मनोरञ्जनको लागि काठमाडौबाट मगाईएको एक सांगितिक ब्याण्डले प्रस्तुती दिएको थियो । झण्डै साढे दश बजे सो स्थानमा आएका पूर्वराजाले त्यहाँ लामो समय विताएका थिए ।

ब्याण्डको प्रस्तुतीमा ताली बजाउँदै मुन्टो हल्दाउँदै साथ दिएका उनी त्यहाँ निक्कै लामो समय बसे । संगितको तालमा झुम्दा झुम्दा अन्तमा करिब ४५ मिनेट उनी नेपाली संगितमा नाचेका थिए ।

राती अबेर भएकाले उनीसँगै साथमा आएका परिवारका महिलाहरु धेरैजनालाई निद्रा लागेको जानकारी उनका स्वकीय सचिवले दिएपछि रातको करिब १ बजे खाना खाने स्थलमा पुगेर उनले आफैले इच्छाअनुसारको खाना लिएपछि परिवारका अन्य सदस्यहरु पछिबाट खाना खाने स्थानमा आएर खाना लिएका थिए ।

श्रेष्ठ दम्पतीले रातीको १ बजेर ३० मिनेट जाँदा पूर्वराजालाई जिरायतबाट विदाई गरेका थिए ।

बृहत राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठले दमक बसाईका क्रममा अघिल्लो दिन आफ्नो आउने इच्छा गरेकाले उहाँहरुको सम्मानमा पार्टीको आयोजना गरेको बताए ।

श्रेष्ठले भने, ‘राजा त्रिभुवनका पालादेखि राजसस्थासँग आफुहरुको परिवारको निकटता रहेकाले राजा महेन्द्र, राजा विरेन्द्र र राजा ज्ञानेन्द्रलाई स्वर्गिय पिता दिलबहादुर श्रेष्ठ (सानेबुवा)ले एकपटक इनरुवा स्थित आफ्नो निवास ल्याएर भोजन गराउने आफ्नो पैत्रिक थलोमा बसाएर सम्मान गर्ने इच्छा रहेकाले बुवाले कोशीश गर्दा गर्दै राजाहरुको यहाँ आउने फुर्सद नभएकाले यसपटक आफुले बुवाको इच्छा पुरा गर्ने अवसर पाएको बताए ।

निक्कै रमाईलो र खुसी मुडमा देखिएका पूर्वराजाले सबैको अभिभावदन स्विकार्नेदेखि त्यहाँ उपस्थिति सिमित मानिसहरुको भावना र कुरासमेत केही बेर सुनेका थिए ।

वर्णमालासँगको कुराकानीमा उनले आफूले पछिल्लो राजनीतिक घटनाक्रम र मुलुकको अवस्था’bout जानकारी लिइरहेको बताए ।

उनले भने, ‘पछिल्लो अवस्थाले मलाई धेरै दुखि बनाएको छ । नेपाली जनताले गरेको ठूलो विश्वास संकटमा परेको छ ।’

कार्यक्रमका आयोजक राष्ट्रबादी मोर्चाका संयोजक सिनेट श्रेष्ठ र सहभागि राजाबादी नेताहरुसँगको लामो कुराकानीमा पनि उनले देशको पछिल्लो अवस्थाप्रति चिन्ता ब्यक्त गरेको श्रेष्ठले बताए ।

उनले भने, ‘सरकार पछिल्लो राजनीतिक घटना क्रम र संकटबाट चिन्तित हुनु हुन्छ । उहाँले नेपाली जनताको विश्वास र आशाको कारण आफूले सहज रुपमा जनताको नासो जनतामा फिर्ता गरेको तर दलहरुले जनताको विश्वासको सम्मान गर्न सकेनन भनि दुःख ब्यक्त गरेका थिए ।’

सो क्रममा मुलुकको पछिल्लो अवस्था, नेपाली जनताको भावना, दलहरुको ब्यवहार लगायतका विषयमा लामै छलफल भएको श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘सरकारलाई मुलुक र मुलुक बाहिरका घटनाक्रमको विषयमा राम्रो जानकारी छ र उहाँ मुलुकले यो अन्यौलता र अप्ठ्यारो स्थितिबाट छिट्टै मुक्ती पाउनेमा आशाबादी हुनु हुन्छ ।’

पूर्वराजा ज्ञानेन्द्रसँगको संवादलाई उद्यृत गर्दै उनले थपे, ‘सरकार नेपाल र नेपाली जनताले अहिलेको संकटबाट छिट्टै मुक्त हुनेमा धेरै विश्वस्त पाए । उहाँले सबैकुरार त भन्नु भएन तर उहाँको कन्फिडेन्स हेर्दा लाग्छ । पक्कै नयाँ निवास वा परिवर्तन हुँदैछ ।’

उनले पूर्वराजा ज्ञानेन्द्रसँग आफूले नेतृत्व गरिरहेको राष्ट्रबादी मोर्चाको गतिविधिसहित समग्र परिस्थितिको विषयमा कुराकानी भएको र केही मार्गदर्शन पनि प्राप्त भएको बताए ।

यद्यपि उनले त्यो मार्गर्दशन के हो भन्ने कुरालाई खुलाउन चाहेनन् ।

पूर्वराजा ज्ञानेन्द्र लामो समयदेखि आफ्नो झापाको दमकमा रहेको निवासमा बसिरहेका छन । यसक्रममा उनले सुनसरी जिल्लामा पटक पटक भ्रमण गरेका छन ।

रामधुनी मन्दिरको दर्शन, इनरुवाको भगवती मन्दिरको दर्शन, तीन पटकको कोशी ब्यारेजको भ्रमणदेखि पछिल्लो समय इनरुवामा आएका हुन ।

अघिल्लो लेखमासांसद कोषको रकम आएपछि सुनसरीमा योजना सञ्चालनको तयारी
अर्को लेखमाइनरुवाका मेयर र उच्च शिक्षा अध्ययन गरिरहेका नगरका विद्यार्थीवीच अन्र्तक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्