सुनसरीमा भारतीय कुखुराको मासु र अण्डाको चोरी तस्करी नियन्त्रण गर्न माग

0
125
Demand to control theft and smuggling of Indian chicken meat and eggs in Sunsari
poltri

इनरुवा । पोल्ट्री तथा मासु ब्यवसायी संघ सुनसरीले सुनसरीको भारतसँग जोडिएका विभिन्न नाकाहरुबाट चोरी तस्करी भएर प्रतिबन्धित भारतीय कुखुरा र अण्डाको विक्री वितरण भईरहेको भन्दै त्यसलाई तत्काल रोक्न प्रशासनको ध्यानाकर्षण गराएको छ ।

आइतवार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानकर्षण पत्र बुझाउँदै संघले सुनसरीको घुस्की, सिसुवाधरमपुर र जमुवालगायतका नाकाहरुको प्रयोग गरेर कारोवारीहरुले नेपाल सरकारले आयातमा रोक लगाएको कुखुरा र मासुजन्य सामग्री सामग्रीको तस्करी भएर जिल्लाका मुख्य बजारमा खुलेआम विक्री वितरण भईरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेको हो ।

संघले भारतमा वर्डफ्लुको संक्रमण रहेको अवस्थामा यस्ता कारोवारले नेपालमा समेत यो संक्रमण फैलिदा ठूलो क्षति बेहोर्नु पर्ने र यहाँका किसानको यो क्षेत्रमा भईरहेको अर्बौको लगानी जोखिममा पर्ने भन्दै तस्करी नियन्त्रणको लागि आग्रह गरेको हो ।

संघले बुझाएको ध्यानकर्षणपत्रमा पोल्ट्री र मासुजन्य कारोवारलाई अनिवार्य दर्ता गर्नु पर्ने, सीमा क्षेत्रमा खोलिएका पेल्टिफर्ममार्फत तस्करी हुने हुँदा त्यस्तो फर्ममाथि निगरानी राख्नु पर्ने, सीमा क्षेत्रमा सुरक्षाकर्मीको प्राथमिकतामा कुखुरा र अण्डाको तस्करीलाई पनि राख्नु पर्ने जस्ता माग गरिएको छ ।

संघका सल्लाहकार सागर तिम्सिनाले नेपाल सरकारले प्रतिबन्ध लगाएपछि सुनसरीका नाकाहरुबाट तस्करी भईरहँदा यहाँको जनस्वास्थ्यलाई प्रभावित पार्ने र नेपाली किसानका अर्बौको लगानी जोखिममा परेकोले आफूहरु बाध्य भएर प्रशासन गुहार्न पुगेको बताए ।

अघिल्लो लेखमाइनरुवामा घरमै यौनधन्दा चलाएको आरोपमा घरवेटिसहित तीन जना पक्राउ
अर्को लेखमाऔषधी खरिद प्रकरण : मेयर र कर्मचारीलाई निल्नु न ओकल्नु

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्