इनरुवा । प्रदेश एकमा रहेको सुनसरी सदरमुकाम इनरुवासहितका ६ वटा शहरमा वर्षाको मौसममा आउने बाढी नियन्त्रणका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना सुरु हुने भएको छ ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा इनरुवा नगरपालिकासहितका ६ वटा शहरमा बाढी नियन्त्रण तथा ग्रामीण क्षेत्रका सडक स्तरोन्नतिका लागि इस्टर्न अर्वान कोरिडोर परियोजना सुरु हुन लागेको हो ।

क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) अन्तर्गत एसियाली विकास बैंक एडीबीले सुनसरीका १२ वटा स्थानीय तहमध्ये चारवटा इनरुवा नगरपालिका, दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा इस्टर्न अर्वान कोरिडोर परियोजना संचालन गर्न लागेको हो ।

एसियाली विकास बैंक एडीबीको अध्ययन टोलीले इनरुवा नगरपालिकामा चार चरणमा स्थलगत अनुगमन र अध्ययन गरिसकेको छ । यसैगरि इस्टर्न अर्वान कोरिडोर परियोजना विराटनगर महानगरपालिका र दमक नगरपालिकामा यो परियोजना सुरु गर्न लागिएको हो ।

जनसंख्यासँगै भुगोलका दृष्टिकोणले प्रदेश एकका ६ वटा शहरमा हरेक वर्ष बाढी र डुबानले धनजनको क्षति भएपछि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा यो परियोजना सञ्चालन गर्न लागिएको हो ।

इटहरी उपमहानगरका भौतिक पूर्वाधार विज्ञ अर्जुन दहालले ५ वर्षमा काम समपन्न गर्ने गरि परियोजनाका लागि सरकारले सम्झौता गरिसकेकोले एडीबीले सरकारसँगको सम्झौतापछि ६ वटै पालिकाको डुबान समस्या र समाधाना लागि अध्ययन गरिसकेको बताए ।

परियोजनाअन्तर्गत तटबन्ध डाइभर्सन गरी पानीको निकासका लागि ठुला नदी खोलामा बाढी मिसाउनुका साथै तटबन्धमा सडक निर्माण तथा सौन्दर्यकरण गर्ने र अन्य ग्रामीण क्षेत्रलाई जोड्ने सडकको स्तरोन्नतिका लागि समेत योजना रहेको छ ।

एडिबिले विराटनगरमा भने एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्यान्डपुलिङका लागि डीपीआरको काम सुरु भइसकेको छ। एडीबीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो ।

अघिल्लो लेखमासुनसरीका पाँचसहितका प्रदेश सभाका २० सांसद प्रतिनिधिसभा ताक्दै
अर्को लेखमाइनरुवा नगरपालिकामा अख्तीयारको छानविन टोलीद्धारा स्थलगत अनुसन्धान

23 टिप्पणीहरू

  1. Good day I am so delighted I found your webpage, I really found you
    by error, while I was searching on Digg for something else, Nonetheless I am here now and would just like to say thanks a lot for a remarkable post and a all
    round exciting blog (I also love the theme/design), I
    don’t have time to read it all at the moment but I have saved it and also added in your RSS feeds, so when I have time I will be back to read
    more, Please do keep up the great b.

    Here is my homepage 메이저사이트

  2. I’ve been browsing online more than 2 hours today, yet I never found any interesting article
    like yours. It’s pretty worth enough for me. In my opinion, if all web owners and bloggers made
    good content as you did, the net will be a lot
    more useful than ever before.|
    I couldn’t resist commenting.
    Perfectly written!|
    I will right away snatch your rss feed as I can not in finding your email subscription link or e-newsletter service.
    Do you have any? Please let me realize so that I may just subscribe.
    Thanks. |
    It’s the best time to make some plans for the future and it’s time to be happy.

    I’ve read this post and if I could I wish to suggest you some interesting things or tips.
    Perhaps you can write next articles referring
    to this article.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्