इनरुवा । प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्मका सबै पदहरुमा महिलाहरु रहेर नेतृत्व गरिरहेको इनरुवा नगरपालिकाको एक विद्यालय नगरकै नमुना विद्यालय बन्ने योजनासहित अगाडि बढेको छ ।

गरीब, दलित र विपन्न परिवारका बालबालिकाहरु अध्यय्न गर्न आउने विद्यालयको नेतृत्व र निर्णायक तहमा जिम्मेवारी सम्हालेर बसेका महिलाहरुले शैक्षिक वातावरणलाई महिला बालबालिका मैत्रि बनाउँदै नगरकै नमुना विद्यालय निर्माण गर्ने योजनासहित अग्रसर भएका हुन।

इनरुवा ३ नम्बर वडामा रहेको अदालत–सोम’bout–गुरुङटोल–सखुवागाछी सडक खण्डमा रहेको जनता आधारभुत विद्यालयलाई नगरको नमुना विद्यालयका रुपमा संचालन गर्न सामुहिक प्रयास थालेका हुन ।

जनता आधारभुत विद्यालयमा प्रधानअध्यापकदेखि विद्यालय प्रशासन सहयोगीसम्म महिला रहेका छन ।

विद्यालयको प्रधानअध्यापक अनु कोइराला, महिला शिक्षक ज्ञानु पोखरेल, रेणुका पोखरेल, सरिता कटुवाल, एलिसा सेढाई, गिता रेग्मी, भावना निरौला ओझासहित विद्यालय प्रशासन सहयोगी मिना तिम्सिना रहेकी छीन ।

विद्यालयको प्रधानअध्यापक अनु कोइरालाको नेतृत्वमा रहेका महिला शिक्षकले यसै शैक्षिक सत्रदेखि विद्यालयमा आउने बालबालिकाको सिकाईको स्तरलाई अन्य सामुदायिक विद्यालयको तुलनामा अब्बल बनाउँदै पठन पाठनमा नमुना विद्यालय बनाउन प्रयासरत रहेका छन ।

बिषयगत शिक्षकका रुपमा दक्ष रहेका महिला शिक्षक मध्ये ज्ञानु पोखरेल अंग्रेजी र नेपाली बिषयमा अध्यापन गराउँछिन भने रेणुका पोखरेल गणित र नेपालीमा अध्यापन गराउँदै आएकी छिन ।

सरिता कटुवाल विज्ञान र अंग्रेजी बिषयमा अध्यापन गराउँछिन भने शिक्षक सेवा आयोगबाट हजारौ प्रतिष्पर्घीलाई पछि पार्दै शिक्षक बनेकी एलिसा सेढाई अंग्रेजीसँगै गणित र सामाजिक बिषयमा बालबालिकालाई अध्यापन गराउँछिन ।

यसैगरि गिता रेग्मीसमेत हजारौ प्रतिष्पर्घीका बिचबाट छनौट भएर शिक्षा सेवा आयोग उर्तिण गरेकी शिक्षक हुन । अर्की शिक्षक भावना निरौला ओझा बालबालिकालाई उनीहरुको आवश्यकता, रुची, चाहना र सिकाई अवश्थाका ’boutमा मनोविज्ञान बुझेर बालविकास कक्षाका विद्यार्थीलाई शिक्षण सिकाई गराउँछिन ।

विद्यालयकी प्रधानअध्यापक रहेकी अनु कोइरालाले भर्खरै पाएको जिम्मेवारी शिक्षकहरुको सामुहिक सहकार्यमा शैक्षिक अवश्थामा अनुकरणीय बनाउन आवश्यक शैक्षिक वातावरण उचित बनाउन लाग्ने बताउँछीन ।

शिक्षक ज्ञानु पोखरेलले नवनिर्वाचित मेयर, उपमेयर र वडाअध्यक्षले सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यमबाट पढनपाठन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गर्दै योजना अगाडि ल्याउनु भएकाले जनता आधारभुत विद्यालयलाई अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयमा परिणत गरे नगरक्षेत्रकै नमुना विद्यालय बनाएर देखाउन प्रतिवद्ध रहेको बताउँछीन ।

विद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार अभाव भएपनि अहिले भएको संरचनामा बसेर नमुना विद्यालय बनाउन राम्रो शैक्षिक वातावरण तयार गरि बालबालिकाको सिकाई स्तरमा गुणस्तर कायम गर्न महिला शिक्षकहरु सक्षम रहेको शिक्षक ज्ञानु पोखरेलले बताईन ।

शिक्षक एलिसा सेढाईले भर्खरै नयाँ शैक्षिक सत्र सुरु भएकाले बिषयगत शिक्षकहरुको जिम्मेवारी बाडफाँड गरेर विद्यालयमा बालबालिकालाई नियमित रुपमा अध्यय्न गर्न आउने अवश्था सृजना गर्न थालिएको बताइन ।

शिक्षक सेढाईले विद्यालयमा दिवा खाजा कार्यक्रमसमेत रहेकाले गरीब, विपन्न र दलित बालबालिकालाई उनीहरुको रुची क्षमताअनुसार कक्षामा पढनपाठन गराउदै राम्रो अंक ल्याएर परिक्षामा उतिर्ण हुने अवश्थामा लैजान महिला शिक्षकहरुले मिहिनेत गरेर जाने बताइन ।

जनता आधारभुत विद्यालयको ’boutमा जानकारी लिन पुगेका इनरुवाका मेयर केदार भण्डारीले गरीब, दलित र विपन्न वर्गका बालबालिका पढने विद्यालय र धनीका छोरा छोरी पढने विद्यालय फरक हुन नहुने भएकाले आफ्नो कार्यकालमा सरकारी विद्यालयलाई पूर्ण अंग्रेजी माध्यममा लैजादै शैक्षिक गुणस्तर कायम गराउने बताए ।

मेयर भण्डारीले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका देखिएका समस्यालाई सामाधान गरि इनरुवामा रहेको जनता स्कुल महिला बालबालिका मैत्रि रहेकाले नमुना विद्यालय बनाउन आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

इनरुवा ३ नम्बर वडाका वडाअध्यक्ष रमेश श्रेष्ठले वडाक्षेत्रमा रहेका दुईवटा सामुदायिक विद्यालयमा वडा कार्यालयका तर्फबाट गरीब विपन्न समुदायका बालबालिकालाई उचित वातावरणमा अध्ययन गर्ने स्थिति सृजना गर्न आवश्यक सहयोग गरिने बताए ।

अघिल्लो लेखमासुनसरी जिसस प्रमुखको दावेदार इनरुवाका पूर्व मेयरलाई पार्टीका उपसभापतिको चुनौति
अर्को लेखमायो मन त मेरो मधेसी हो ! – सुविद गुरागाई

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्