इनरुवा । भगवती माध्यामिक विद्यालय इनरुवामा अध्यनरत एक सयजना गरीव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ ।

भगवती माविमा स्थापना गरिएको मधुकृष्ण सिग्देल तथा गोपालप्रसाद मायादेवी नेपाल अक्षयकोष र पूर्व विद्यार्थी गौरव दाहालबाट पोशास तथा शैक्षिक सामग्री छात्रवृति प्रदान गरिएको हो ।

समुदाय तथा परिवारको आर्थिक अवश्थाका कारण विद्यालयमा अध्ययन गर्न आवश्यक शैक्षिक सामग्री र पोशाक अभावमा विद्यालय आउनबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थापना गरिएको छात्रवृति अक्षय कोष अन्र्तगत सो सामग्री वितरण गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक तथा मधुकृष्ण सिग्देल अक्षय कोषका संचालक पंण्डित कृष्णप्रसाद सिग्देलले सो छात्रवृति प्रदान गरेका थिए ।

कार्यक्रममा मायादेवी नेपाल, गौरव दाहालका प्रतिनिधि, विद्यालय व्यवश्थापन समितिका अध्यक्ष हाजी इसराइल मन्सुरी, सदस्य मिरादेवी पोखरेल विद्यालयकी प्रधानअध्यापक गंगा पौडेल बराल, नेपाल शिक्षक संध सुनसरीका अध्यक्ष वेणु सिग्देल, विद्यालयका शिक्षकहरु, अभिभावकहरु, विद्यार्थीहरुको सहभागीता रहेको थियो।

अघिल्लो लेखमाएमाले सुनसरीको दुई समुहको विवाद मिलाउन ओली इटहरी आउदै
अर्को लेखमाइनरुवाका गाँउ टोलमा पीडितको गुनासो सुन्दै न्यायीक समिति

18 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्