इनरुवा । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीका मेयरदेखि वडाध्यक्षसम्मका २९ जना उम्मेदवारहरु आफैले आफैलाई मत नहाल्नेदेखि अधिकतम पाँच मत मात्रै प्राप्त गर्नेहरु रहेको पाईएको छ ।

निर्वाचनमा आफ्नो एक मत मात्रै पाउने वडाध्यक्षका उम्मेदवारहरुमा इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार लालबहादुर थापा, इनरुवा नगरपालिका वडा नम्बर ३ मा नेकपा मालेका उम्मेदवार सन्तोषकुमार दाहाल, दुहबी नगरपालिका वडानम्बर ७ मा कांग्रेस बीपीका उम्मेदवार सुरेशकुमार भगत, गढी गाउँपालिका वडा नम्बर ११ को नेकपा एकीकृत समाजवादीका उम्मेदवार अलि हुसेन मियाँ, देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अर्जुनप्रसाद मेहता र धरान उपमहानगरपालिका वडा नम्बर १६ का स्वतन्त्र उम्मेदवार कुलबहादुर मगर रहेका छन ।

त्यस्तै दुईदेखि पाँच मतसम्म ल्याउने वडाध्यक्षका उम्मेदवारहरुमा दुहवी नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार अनिताकुमारी मोचीले ४ मत, कोशी गाउँपालिका वडा नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार फुलोदेवी साहुले ५ मत, धरान उपमहानगरपालिका वडा नम्बर १० मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार फूलमाया तामाङले २ र धरानकै ३ नम्बर वडामा सोही पार्टीका उम्मेदवार दिलकुमारी राईले ४ मत पाएका छन ।

त्यस्तै निर्वाचनमा १० मतभन्दा कम ल्याउने प्रमुख र अध्यक्षका उम्मेदवारहरूको संख्या पनि ठूलो देखिएको छ ।

इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका झमकबहादुर कार्कीले १ मत, खगेन्द्र पौडेलले आफ्नो मतसमेत पाएका छैनन ।

इनरुवा नगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका निकेश पोखरेल र भीष्म आचार्यले समान एक एक मत अर्थात आफ्नो मात्रै मत पाएका छन ।

त्यस्तै रामधुनी नगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका नोबेल चौधरी र रेवतराम गुरुङले आफ्नो मात्रै समान एक एक मत पाएका छन ।

सोही गाउँपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका आशिष पौडेले ४, राजकुमार गौतमले ३ मत पाएका छन भने नेत्र ढकाल, रविन लम्साल, र माधव कट्ेलले आफ्नो समेत मत आफूलाई नहालेको स्थिति देखिएको छ ।

त्यस्तै धरान उपमहानगरपालिकाको आमुल परिवर्तन पार्टीबाट मेयर पदमा उम्मेदवार बनेका लोकेन्द्रबहादुर डंगोले ६, स्वतन्त्र उम्मेदवार सुवर्णशमशेर राईले पाँच, सूर्यबहादुर न्यौपानेले दुई, टोलकुमारी लुइँटेलले १ र सञ्जय पाण्डेले आफ्नो समेत मन नपाएको देखिएको छ ।

अघिल्लो लेखमाइनरुवाका किसानलाई धान खेती गर्न निःशुल्क बिउ वितरण
अर्को लेखमाइनरुवा ५ का जेष्ठ नागरिकलाई घरमै भत्ता

11 टिप्पणीहरू

  1. Excellent pieces. Keep writing such kind of information on your blog.

    Im really impressed by your site.
    Hello there, You have performed an excellent job.
    I will certainly digg it and personally suggest to my friends.
    I am confident they will be benefited from this website.

  2. Write more, thats all I have to say. Literally, it
    seems as though you relied on the video to make your point.
    You clearly know what youre talking about, why waste your intelligence on just
    posting videos to your site when you could be giving us something enlightening
    to read?

  3. I do not know whether it’s just me or if everyone else encountering problems with your site.

    It appears as though some of the text on your posts are running off the screen. Can somebody else please
    provide feedback and let me know if this is happening to them as well?
    This could be a issue with my internet browser because I’ve had this happen before.
    Cheers

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्