सुनसरी ४ मा भारतमा रहेका झण्डै १ हजार ५ सय मतदाता ल्याउन कसरत

0
82
Efforts to bring nearly 1500 voters in Sunsari 4 in India
सिमा सुरक्षा गग

इनरुवा । भारतसँग लामो सिमाना जोडिएको सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारहरुका मुख्य सहकार्मीहरु यतिवेला सिमावर्ती भारतीय क्षेत्रमा रहेका आफ्नो क्षेत्रका मतदाताहरुलाई मंसिर ४ गते अगाडि नै नेपाल ल्याउने गरी तयार गरिरहेको पाईएको छ ।

उम्मेदवार नगएपनि उम्मेदवारका मुख्य सहयोगीहरु सुनसरी ४सँग सीमा जोडिएको भारतको भीम नगर, विरपुर, बसमतीया, घुरना लगायतका क्षेत्रमा बसोबास गर्ने मतदाताहरुलाई मतदानको दिनसम्म मतदान स्थलमा ल्याएर आफ्ना उम्मेदवारहरुको पक्षमा मतदान गराउने प्रयासमा लागेका छन ।

क्षेत्रको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका भारतसँग सीमा जोडिएका वडाहरुको करिब १५ सय जना मतदाताहरु भारतमा बस्ने गरेको जानकारहरु बताउँछन ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा त कोशी र भोक्राहा नरसिंह गाउँपालिकाका केही उम्मेदवारहरुले मत माग्न भारतीय क्षेत्रमै गएको समाचार सार्वजनिक भएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरु भारतीय क्षेत्रमा मत माग्न नगएपनि आफ्ना सहयोगीहरु मार्फत उनीहरुलाई निर्वाचनको ७२ घण्टा अघि नै नेपाल ल्याएर मतदान गराएका थिए ।

यसपटकको निर्वाचनमा पनि उम्मेदवारका सहयोगीहरु उनीहरुलाई मंसिर १ गतेभित्रमै नेपाल ल्याएर आफूले समर्थन गरेका उम्मेदवारको पक्षमा मतदान गराउन लागि परेका छन ।

भारतीय क्षेत्र बसमतीयमा भेटिएका एक उम्मदेवारका सहयोगी त्यहाँ चिया पसल खोलेर बसेका मतदातालाई मतदान गर्न आउने विषयमा सल्लाह गर्दै गरेको भेटिएका थिए । त्यहाँ इनरुवाको मतदाता नामावलीमा नाम भएका एक मतदातासमेत भेटिए ।

पहिला इनरुवाको एक चर्चित होटलमा काम गर्ने उनी अहिले बसमतीयमा पनि होटल नै खोलेर बसेका छन । उनको दुबै मुलुकको मतदाता नामावलीमा नाम छ ।

सुनसरी ४ मा दुबै मुलुकको नागरिकता र मतदाता नामावलीमा नाम भएका सयौ नागरिकहरु छन । भारतमा चुनाव हुने बेलामा पनि सीमावर्ती क्षेत्रमा बस्ने दोहोरो नागरिकता हुनेहरु भारत जाने गर्दछन भने भारतमा बस्ने दोहोरो नागरिकता हुनेहरु पनि नेपाल आउने गर्दछन ।

अघिल्लो लेखमासुनसरी ३ का मतदातालाई ‘भगवती दिदिलाई’ बाकसमा दिएको मतको सुरक्षाकै चिन्ता
अर्को लेखमासञ्चारमन्त्री कार्कीसहित सुनसरीका स्थानिय तहका चारजना पालिका प्रमुख उपर सरकारी स्रोतको दुरुपयोग र भोजभतेर गरि आचारसंहिता उलंघन गरेको भन्दै उजुरी

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्