इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ मा सञ्चालित बाबा पेपर मिलमा काम गर्ने कामदारहरुको बचत संकलन र ऋण प्रवाह गर्ने गरी सञ्चालित बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार मिल परिषरमा आयोजित साधारण सभाले संस्थाको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष सुकदेब यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ४९ लाख ७६ हजार ५८३ रुपैयाको आर्थिक कारोवार गरेको छ ।
हाल ५३ जना कामदारहरु मात्रै सदस्य रहेको सो संस्थाले ३३ लाख २९ हजार ५६५ रुपैया ऋण लगानी गरेको र बैंकमा १५ लाख २९ हजार ६१२ रुपैया मौज्दात रहेको छ ।
उनले मिलमा काम गर्ने कामदारहरु र उनीहरुको हितको लागि संस्था खोलिएको उल्लेख गर्दै संस्था सञ्चालनमा आएपछि पीडामा रहेका धेरै कामदारहरुको पीडा साटासाट गर्न सकिएको बताए ।
संस्थाका अध्यक्ष सुकदेब यादवको अध्यक्षतामा भएको साधारण सभामा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजाद, मिल सञ्चालक महेश अटल, वडा नम्बर ५ का वडाध्यक्षसहितका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सोक्रममा गाउँपालिका अध्यक्ष आजादले कामदारहरुको बृत्तिविकाससँगै उनीहरुको जीवन सुरक्षाको लागि यस्ता संस्था आवश्यक पर्ने भन्दै अन्य उद्योगहरुले पनि बाबा पेपर मिलमा जस्तै संस्था खोलेर मजदुरको सुरक्षामा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए ।
उनले गाउँपालिकाका सयौ नागरिकलाई रोजगार दिएको मिल र संस्थालाई गाउँपालिकाबाट आवश्यक सहयोग प्रदान गर्न आफू तयार रहेको भन्दै मिलमा रहेको विद्युत लाईनको समस्या र बाटोको समस्या समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
You ought to be a part of a contest for one of the highest quality blogs online. Im going to recommend this website!