डाक्टर हरिबंशद्धारा जन्मदिन मनाउने खर्चले गरिब विद्यार्थीलाई स्मार्ट टिभी उपहार

0
183
Dr. Haribamsha gifts smart TV to poor student with birthday celebration expenses
uphar 2

इनरुवा । मानिसले आफनो जन्मदिन परिवारका साथमा खुशीयाली पुर्वक मनाउन केक काटने, भोज खुवाउने, रमाइलो गर्न घुम्न जाने, होटलमा नाचगान गरेर बिताउने गर्छन तर इनरुवा ३ निवासी डाक्टर हरिबंश दुलालले गरिब विद्यार्थीका लागि उपहार दिएर जन्मदिन मनाएका छन ।

इनरुवा ३ स्थित देवकोटा आधारभुत विद्यालयमा अध्यय्न गर्नका लागि दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गरिब, विपन्न, दलित अभिभावकका अधिकाश बालबालिकाहरु आउने गरेका छन ।

घरमा इन्टरनेट सुविधा, केवल टिभी सुविधा नभएका टेलिभिजन हेर्न देख्न नपाएका बालबालिकालाई विद्यालयमा इन्टरनेटका माध्यमबाट स्मार्ट टिभीबाट अध्यय्न गर्न सहज बनाउनका लागि आफनो जन्मदिनको अवसर पारेर डा हरिबंश दुलालले देवकोटा आधारभुत विद्यालयका बालबालिकालाई टिभी उपहार दिएका हुन ।

डा दुलालले इनरुवा आफनो जन्मभुमी भएकाले यहाँका दाजुभाई दिदीबहिनीहरु र समस्यामा रहेका समुदायका लागि आफनो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएकाले जन्मदिनमा गाउका बालबालिकाहरुका लागि उपहारका रुपमा अध्यय्नमा सहयोग पुग्ने स्मार्ट टिभी दिएको बताए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवश्थापन समितीका अध्यक्ष राकेश निरौला र प्रधानअध्यापक अनिरुद्ध यावदलाई हरिबंश दुलालका प्रतिनिधिका रुपमा सामाजिक अगुवा उत्तम राईले सो स्मार्ट टिभी हस्तान्तरण गरेका हुन ।

सो अवसरमा अध्यक्ष निरौलाले सो विद्यालयलाई डा दुलालले सवै कक्षा कोठा र कार्यालयमा सिलिङ पंखा, बालबालिकालाई अग्रेजी माध्यमबाट पढने पुस्तक, विद्यालय पोशाक, विद्यालयमा रङरोगन, लगायतका अन्य सहयोग गर्दै आउनु भएकाले जन्मदिनको शुभकामना दिदै उनको सुस्वास्थ्य र दिधार्युको कामना गरेका थिए ।

हाल अमेरिकामा बसोबास गर्दै आएका डा दुलालले इनरुवावासीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न प्राकृतिक प्रकोप, महामारी, गर्मी र चिसो मौसममा हुने समस्यालगायत अन्य धार्मिक, सामाजिक, खेलकुद, शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै र सहयोग जुटाउदै आएका छन ।

अघिल्लो लेखमाइनरुवाका वडाध्यक्ष र इन्जिनियर उपभोक्ता समितिलाई धम्क्याउँदै आफै सडक बनाउँदै भुक्तानी लिदै
अर्को लेखमाइनरुवा ४ नम्बरका वडाअध्यक्षसहित इन्जिनियरलाई निलम्बन गर्न माग

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्