इनरुवा । लामो समयदेखि सर्वे भईरहेको भएपनि नयाँ निर्माण हुन नसकेर जिर्ण बनिसकेको इनरुवा–दुहवी सडकलाई चार लेनमा विस्तार गर्न माग गरिएको छ ।

स्थानीय स्तरमा गठित सडक निर्माण संघर्ष समितिले आइतवार इनरुवा नगरपालिकाका मेयरलाई समितिको अभियानको विषयमा जानकारी गराउँदै सवारी साधनको अत्याधिक चाप र साँघुरो जिर्ण सडकका कारण दुर्घटनाका घटनाहरु बढ्दा सडकमा हिड्नै नसक्ने अवस्था रहेको भन्दै तत्काल ढलसहितको चार लेनको सडक निर्माण गर्न माग गरेका हुन ।

संघर्ष समितिका संयोजक गोविन्द पोखरेलको नेतृत्वमा गएको टोलीले मेयर भण्डारीलाई सडकको अवस्थाको विषयमा जानकारी गराउँदै वर्षेनी मर्मतको नाममा करोडौ रुपैया खर्च भएपनि सडक सुधार हुन नसकेको भन्दै नयाँ निर्माणको लागि पहल गरिदिन आग्रह गरे ।

यसअघि उनीहरुले सो राजमार्गसँग जोडिएका इनरुवा वडा नम्बर १, ५, ६ र ७ का वडाध्यक्षहरुलाई ज्ञापनपत्र बुझाईसकेका छन ।

संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै मेयर भण्डारीले आफू पनि सडकको अवस्थाको विषयमा जानकार रहेकोले त्यसलाई अब मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था नरहेकोले नयाँ निर्माण नै हुनु पर्ने बताए ।

उनले केन्द्र सरकारको मातहतमा रहेको सो सडक यो वर्षबाट प्रदेश सरकारको मातहतमा राखेकोले अब प्रदेश सरकारले त्यसलाई नयाँ बनाउने विश्वास ब्यक्त गरे ।

उनले भने, ‘मैले प्रदेश सरकारका जिम्मेवार अधिकारीहरुसँग कुरा गरेको छु, उहाँहरुले यसैवर्षबाट निर्माण कार्यको थालनी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।’

मेयर भण्डारीले संघर्ष समितिलाई आन्दोलनको नाममा सडक बन्द जस्ता कार्य गर्नुभन्दा पनि सडक विस्तारको लागि समस्या बनेको इनरुवा र दुहवी क्षेत्रका स्थानीय बासिन्दाहरुसँग छलफल गरेर निर्माणमा सहजिकरण गरिदिन आग्रह गर्दै अहिले सो सडक निर्माणको लागि सर्वे कार्य जारी रहेको जानकारी दिए ।

संघर्ष समितिले आइतवार नै राजमार्गमा पर्ने दुहवी नगरपालिकाका मेयर बेदकुमार गच्छदार र गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीलाई समेत भेटेर ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाएका छन ।

अघिल्लो लेखमाभान्टावारी तीनकुनेको विवादित बनेको नेपाल भारत सीमा क्षेत्रमा नापजाँच
अर्को लेखमासुनसरीका प्रहरीलाई वैदेशिक रोजगारमा हुने ठगीको विषयमा अभिमुखिकरण

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्