इनरुवा । वडाबासीहरुको जनजीवन कोरोना महामारी र लकडाउनका कारण कष्टकर रहेको बेला भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ र ८ का वडाध्यक्षले चामल ल्याएर इनरुवामा गोप्य रुपमा लामो समयसम्म भण्डारण गरेको घटनाको खुलासापछि आखिर जनता महामारीको चपेटामा रहेको वडाध्यक्षले किन चामल अन्यत्र भण्डारण गरेर राखे भन्ने चासो सर्वत्र उत्पन्न भएको छ ।

प्रशासनले चामलको गोदाम फेला परेपछि भोक्राहा नरसिंह गाउँपालिका–४ का वडा अध्यक्ष हारुण अंसारी र ८ का वडा अध्यक्ष हात्तिम मंसुरीले गाउँपालिकाको भएको प्रारम्भिक प्रतिक्रियाहरु दिएका थिए ।

आखिर कहिल्यै चामलको कारोवार नगरेका वडाध्यक्षहरुले वडाबासी कठिन आर्थिक परिस्थितिबाट गुज्रिरहेको बेला किन चामल आयात गरे र इनरुवामा भण्डारण गरेर लामो समय किन राखे प्रश्न र चासो बढ्नु स्वभाविक नै हो ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले भण्डारण गरिएको चामल गाउँपालिकाको नभएको पुष्टि गरे ।

त्यसपछि वडाध्यक्षद्धयले आफूहरुले विक्रीवितरण गर्ने उद्देश्यले चामल भण्डारण गरेर राखेको दाबी जिल्ला प्रशासन कार्यालयमा गरेका थिए ।

तर वडाबासी महामारीमा रहेको, आफ्ना नागरिकहरुको चुल्हो बल्न कठिन भईरहेको बेला वडाध्यक्षहरुले कसरी चामलको ब्यापार थाले अनि फेरि कार्तिकमा चामल ल्याएर महिनाको आठ हजार रुपैया कोठा भाडा तिरेर चार महिनासम्म गोदाममा थन्काएर कसरी उनीहरुको ब्यापार चल्छ ? आशंका गर्नें प्रयाप्त ठाँउहरु छ ।

कान्छी स्टिम चामल वडाध्यक्ष हारुणको नाममा काटिएको बिलमा २५ किलोको बोरा ११५० रुपैयामा खरिद गरे उल्लेख छ । जसको ढुवानी भाडा र कार्तिकदेखि फागुणसम्मको घरभाँडा करिब ५० हजार रुपैया भईसकेको छ । अर्थात चामलको मुल्य प्रतिबोरा १११ रुपैया थपिदा १२६१ रुपैया पुगिसकेको छ । जबकी अहिले सो चामलको बजार मुल्य प्रतिवोरा ११०० रुपैया रहेको छ । यस्तो अवस्थामा वडाध्यक्षहरु कुन ब्यापार गर्दैछन ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । ब्यापार मुनाफाको लागि गरिन्छ, घाटाको लागि होईन भन्ने कुरा आम मानिसले राम्ररी बुझेका छन ।

वडा अध्यक्ष हत्तिम र हारुणले व्यापारीक प्रयोजनका लागि चामल खरिद गरि राखेको दावी गरेपनि असोज कार्तिक महिनामा चमलको मुल्य बृद्धि हुने र मङसिर पछि नयाँ चामल बजारमा आएपछि मुल्य घटने गरेको व्यापारीले बताएका छन् । कत्तिक ÷मङसिरमा कान्छी स्टीम चालम २५ केजीको ११५० रुपैयाँ रहेकोमा अहिले ११ सय रुपैया मिलको मुल्य भएको चामल व्यपारी तथा उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले बताए ।

त्यस्तै ब्यापारिक प्रयोजनाको लागि चामल आयात गरेको वडाध्यक्षहरुले दावी गरेपनि व्यपारी प्रयोजनका लागि कारोवार गर्दा पान नम्वर, दर्ता प्रमाणपत्र, उद्योग वाणिज्य संघमा आवद्धताको प्रमाणपत्र आवश्यक पर्दछ । तर वडा अध्यक्ष अंसारीद्धयसँग व्यपार गर्नका लागि आवश्यक पर्ने कुनै पनि कागजात नभएको ८ का वडा अध्यक्ष हात्तिमले स्वीकार गरे ।

घरधनी दाहाल र भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरत कर्मचारी रामचन्द्र यादवले इनरुवामा भेटिएको चामल तिहारको एक दिन अगाडि २०७७ कार्तिकमा भण्डारण गरी राखेको जनाएका छन ।

तर यता ४ का वडा अधयक्ष हारुण अंसारीको नाममा २०७७ माघ ३ गतेमा काटिएको वील देखाउदै आफ्नो चामल भएको दावी गर्दै आएका छन । २०७७ कार्तिकको अन्तिममा भण्डार गरिएको ४५० वोरा चालमको विल दुई महिना पछि २०७७ माघको ३ गते जारी भएकाले त्यो चामलको बिषय शङकास्पद बनेको हो ।

चामलका ब्राण्ड र विल जारी गरिएको पर्ल इन्भेष्टमेन्ट प्रा.लि. फार्म उत्पादनसमेत फरक रहेको बताईएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ४ का अध्यक्ष हारुण र ८ का वडा अध्यक्ष हातिमले राहत वितरणका लागि चामल खरिद गरि वितरण गरेको भरपाई गाउँपालिकामा पेश गरि भुक्तानी लिएको गाउँपालिका स्रोतले जनाएको छ ।

कात्तिक महिनामा चामलको मुल्य बढि रहँदा खरिद गरी भण्डार गर्दा नयाँ चामल बजारमा आउँदा मुल्य घटने सम्भावना रहेकाले व्यापारी प्रयोजनका लागि भण्डारण गरिएको विषय समेत शङकास्पद छ ।

चामलको भण्डारण परिणाम र उनीहरुको विगतको कामलाई मुल्यांकन गर्दै स्थानीयहरुले गाउँपालिकाले कोरोना भाईरसले गर्दा मारमा परेका जनताका लागि खरिद गरिएको चामल लुकाएर राखिएको शङकासहित प्रशासनमा उजुरी गरेका थिए ।

गाउँपालिकाले आफैले चामल खरिद नगरी वडा कार्यालयहरुले राहत वितरणका लागि चामल खरिद गरि वितरण गरेको र भुक्तानी गाउँपालिकावाट लिएको स्थानीयहरुको दावी छ ।

अघिल्लो लेखमाइनरुवाका दुई आधारभुत विद्यालय अन्यमा समायोजन
अर्को लेखमाभाण्टावारी स्थित नेपाल–भारत सीमा एक दिन खोलेर फेरि बन्द

11 टिप्पणीहरू

  1. What i don’t realize is actually how you are now not actually a lot more neatly-preferred
    than you might be now. You are so intelligent.
    You understand therefore considerably when it comes to this
    matter, produced me individually believe it from so many varied angles.
    Its like men and women aren’t fascinated until it is
    one thing to accomplish with Woman gaga! Your individual
    stuffs excellent. At all times care for it up!

    My blog … tracfone special

  2. Hey there would you mind letting me know which web host you’re using? I’ve loaded your blog in 3 different browsers and I must say this blog loads a lot faster then most. Can you recommend a good web hosting provider at a fair price? Cheers, I appreciate it!

  3. I have been browsing on-line greater than 3 hours today, but I never discovered any attention-grabbing article like yours. It is beautiful worth sufficient for me. In my opinion, if all web owners and bloggers made excellent content material as you probably did, the net will likely be a lot more helpful than ever before.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्