इनरुवा । विभिन्न क्षेत्रमा योगदान दिदै आएका चारजना स्रष्टाहरुलाई इनरुवामा एक समारोहका बिच सावित्रि–गोपाल सम्मान प्रदान गरिएको छ ।
सावित्रि–गोपाल स्मृती ट्रष्टको आयोजनामा भएको स्रष्टा सम्मान तथा कवि गोष्ठी कार्यक्रममा गित संगित र संचार क्षेत्रमा योगदान पु¥याउने व्यत्तीत्वहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले वरिष्ठ गायक आन्नद कार्की, गायीका निशा देशार र स्रष्टा विरेन्द्र जैरु तथा केशव निरौलालाई दोसल्ला र सम्मानपत्र प्रदान गरि सम्मान गरेका थिए।
कार्यक्रममा विभिन्न विद्यामा कलम चलाउने कविहरुले कविता बाचन गरेका थिए भने गायक कार्की र देशारले चर्चित गितहरु गाउनुका साथै आयोजकसहित अतिथीहरुलाइ्र्र सामुहिक रुपमा नाच्न लगाएका थिए ।
सो अवसरमा कोशी प्रदेशका सभामुख बाबुराम गौतम, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी नायव उपरिक्षक राजकुमार राई, समाजसेवी गोपाल कोइराला, सावित्रि–गोपाल स्मृती ट्रष्टका अध्यक्ष रोशन भट्टराई दिनेश रसाइली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।