सुनसरी चारमा नेकपा एसले गठबन्धन नभए एकल उम्मेवारी दिने

0
167
In Sunsari four CPN-S will give a single candidate if there is no alliance
300776419_1469106163569900_6643811815355467624_n

इनरुवा । सत्ता गठबन्धनको एक घटक नेकपा एकिकृत समाजवादीले सुनसरीमा गठबन्धन नभए एक उम्मेदवारी दिने तयारी गरेको छ ।

नेकपा एकिकृत समाजावादीका सुनसरी क्षेत्र नम्बर ४ का संयोजक सिताराम पराजुलीका अनुसार शिर्षतहमा जिल्लामा गठबन्धनको सहमती नभएको अवश्थामा पार्टीले ४ वटै निर्वाचन क्षेत्र र ८ वटै प्रदेशसभाका एकल उम्मेदवारी दिने छ ।

सो पार्टीका तर्फबाट बिहिवार बसेको क्षेत्र र प्रदेश कमिटीको संयुक्त बैठकले सुनसरी ४ प्रतिनिधिसभा सासंदका लागि नेकपा एसका पोलिटव्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव तिम्सीना, केन्द्रिय परिषद सदस्य डा सिएन पाठक, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी र कैइकशा अन्जुमको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

यसैगरि सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ उम्मेदवारका लागि प्रदेश सदस्यहरु बाबुराम बराल, परमानन्द पौडेल, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, केन्द्रिय परिषद सदस्य ब्रहमदेव यादव, जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैत, सुनसरी काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष रमेश आचार्य, कल्पना पोखरेल, रामबावु दाहाल र जनिसा वेगमको नाम सिफारिस भएको छ ।

सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ख तर्फ उम्मेदवारका लागि महफुज आलम अन्सारी, जावेद आलम, किरण कार्की, हिरालाल मेहता, सफअर रुकसार, देवीप्रसाद अधिकारी र ज्याउल अन्सारीको नाम सिफारिस गरिएको छ ।

अघिल्लो लेखमाइनरुवामा एक महिने घुम्ती स्वास्थ्य शिविर
अर्को लेखमासुनसरीमा नेकपा एसको पहिलो स्थापना दिवश मनाइयो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्