सुनसरीमा सशस्त्र प्रहरीद्धारा २३ लाख बढीको तस्करीको सामान नियन्त्रणमा

0
64
In Sunsari the armed police seized smuggled goods worth more than 23 lakhs
patka nasta

इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले भारतबाट अबैद्य रुपमा तस्करी गरेर भित्र्याउँदै गरेको २३ लाख रुपैयाभन्दा बढीको सामान नियन्त्रण लिएको छ ।

प्रस्ताबित सीमा सुरक्षा गुल्म हरीपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज बिओपि श्रीपुर, बिओपी. लौकही, साहेबगंज र अमडुवाबाट खटि गएको टोलिले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लत्ता कपडा, सुर्ती, किराना सामान प्याज, खसी, जल्कपुर माछा र मदिरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको हो ।

जसमा विभिन्न सामग्रीसहित एउटा म्याजिक भ्यान पनि रहेको छ । नियन्त्रणमा लिएका सामग्री मध्ये १२० किलो प्रतिबन्धित मुङ्ग्री माछा र दुई लाख रुपैया बढीको पटका भने सशस्त्र प्रहरीले पत्रकार र स्थानीयको रोहवरमा नष्ट गरेको छ ।

नम्बर ४ गणका डिएसपी प्रेम सिग्देलका अनुसार पटाकाजन्य वस्तु सशस्त्रको टोलीले भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ को घिर्नी पुल नजिक खेतबाट फेला पारेको हो । २ लाख २४ हजार मूल्य बराबरको पटाकाजन्य पदार्थ वेवारिसे अवस्थामा भेटिएको सामग्रीलाई नष्ट गरेको हो ।

गण हेड क्वाटर सुनसरीले चोरी तस्करीको सूचना भए जानकारी दिन सर्वसाधारण समक्ष अनुरोध समेत गरेको छ । उसले नाकामा हुने कानुन विपरितका कार्यलाई सशस्त्रले सूक्ष्म रुपमा नियाल्दै आएको जनाएको छ ।

अघिल्लो लेखमाइनरुवामा नगरपालिकाले छापेको स्थानीय पाठयपुस्तकमा धार्मिक भेदभाव गरिएको भन्दै बजरङ्ग दलले पुस्तक जलायो
अर्को लेखमाइनरुवा नगरपालिकामा गैरकानूनी रुपमा विभिन्न मालसामान, मसलन्द, जिन्सी खरिदमा करोडौको अनियमितता

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्