सुनसरीमा उराँव समुदायको करम पुजा हर्सोल्लास पुर्वक मनाईयो

0
188
In Sunsari the Karam Puja of the Oran community was celebrated before Harsollas
karam puja

इनरुवा । सुनसरीका उराव समुदायले उराँवहरुको मुख्य पर्वका रुपमा रहेको करम पूजा इनरुवामा हर्सोल्लासका साथ मनाएका छन् ।

उराँव समुदायले करम पुजालाई दशै जस्तै ठूलो पर्वको रुपमा मान्ने भएकाले भाद्र पुर्णिमाका दिन एकसाता अगाडी विधिवत रुपमा राखिएको जमरा लिएर करम पुजा मनाएका हुन ।

सुनसरीका सासंद सिताराम मेहता, इनरुवाका मेयर केदार भण्डारी, उपमेयर विनिताकुमारी मेहता, नेकपा एमालेका नेता खेमराज पोखरेललगायतको सहभागीतामा करम पुजाको सुरुवात गरिएको थियो ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानको आयोजनामा भएको करम पुजा कार्यक्रममा उराव समुमदायका पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना) सहित सजिएर सहभागी भएका थिए ।

उराव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा जम्मा भएर नगर परिक्रममा गरि करम पूर्वसन्ध्या कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार उराँव जातिले भाद्र पूर्णिमाको दिन मनाउने करम पूजामा इनरुवा नगरपालिकासहित कोशी, भोक्राहा नरसिंह र हरिनगर, गढी गाउँपालिकाका सयौ मानिसहरु सहभागी भएका थिए ।

उराँव समुदायले जमरा राखेपछि भाद्र पूर्णिमाको दिन दिन इष्टमित्र, पाहुनासँग मिलेर मीठो मसिनो खाने अखड़ामा जम्मा हुने, करम अगाडि दीयो, अगरवत्ती बाल्नुका साथै महिलाले कक्रो फूल, मालपुवा, चामलको अछता, दीयो, चामलको पिठो, सिन्दुर, जमरा, जाँड र पानीले करम बाबाको पूजा अर्चना गर्ने गरिन्छ ।

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान बासु उराँवले विशेषगरि उराँव जातिले खेतपाती लगाई सकेपछि आफ्नो थकान मेटन र अन्नवाली राम्ररी उब्जीयोस् भनेर आफ्नो कर्मलाई पूजा अर्चना गर्नुका साथै वन–जंगलमा सिकार खेल्दा राती करम रुखले बाघ, भालु तथा अन्य जंगली जनावरबाट जोगाएकोले करम रुखको पूजा गर्ने प्रचलन रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, कोषाध्यक्ष सम्पतलाल उराँव, सहसचिव देवप्रकाश उराँव, दुर्गानारायण उराँव, परमेश्वर उराँव, रिमा उराँव, जयकुमार उराँव, नुनुलाल उराँव, बासुदेव उराँव, उराँव अगुवा जयराम उराँव, भूमि उराँव, प्रेमलाल उराँव, लक्ष्मी उराँव, विनोद उराँव, विजय उराँवलगायत सहभागी रहेका थिए ।

अघिल्लो लेखमासखुवागाछी चौकमा दुईसय जेष्ठ नागरिकको मुख तथा दाँतको निशुल्क उपचार
अर्को लेखमाकोशी क्षेत्रमा आउन थाले पाँहुना चरा, सिमसारको संकटले समस्या

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्