इटहरी उपमहानगर प्रदेशकै सबैभन्दा बढी मानव अधिकार उल्लंघन हुने क्षेत्र

10
166

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्र प्रदेश १ कै सवैभन्दा बढी मानवअधिकार उल्लंघन हुने क्षेत्रका रुपमा देखिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार पारेको प्रदेश १ को एक वर्षको अवधिको मानव अधिकार उल्लंघनका घटनामा इटहरी उपमहानगरपालिका क्षेत्र पहिलो देखिएको हो ।

प्रदेश एकमा एक वर्षको अवधिमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित हुँदा इटहरीका मात्रै ३६ वटा घटना भएका हुन ।

इन्सेक प्रदेश एकका प्रमुख सोमराज थापाका अनुसार इटहरी उपमहानगरपालिकामा एक वर्षको अवधीमा ३६ वटा घटनाबाट पीडित बन्नेहरु संख्याका रुपमा प्रदेशका अन्य जिल्लाभन्दा एउटै स्थानमा बढी रहेका छन ।

इन्सेक प्रदेश १ कार्यालयले सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको जनाएको छ ।

इन्सेक प्रदेश एक प्रमुख सोमराज थापाले ३० औँ संस्करणको मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण कार्यक्रममा गत वर्ष राज्य पक्षबाट ४७ जना पीडित भएको बताए ।

थापका अनुसार सन् २०२० मा प्रदेश १ मा ८ सय १३ जना पीडित भएको इन्सेक अभिलेखमा छ । गत वर्षको तुलनामा यस वर्ष प्रदेश १ मा १ सय ६ जना बढी मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।

इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले सन् २०२१ मा प्रदेश १ मा अपहरणका घटनामा चार, गिरफ्तारी ३, कुटपीट ४५, बाल अधिकार ३ सय ५, हिरासतमा मृत्यु २, घाइते १२, हत्या ६७, जातीय विभेद १, धम्की ४, यातना १, महिला ४६८ र कारागारमा मृत्यु ७ गरी ९ सय १९ जना मानव अधिकारका घटनामा पीडित भएको बताए ।

अधिकारीले सन् २०२१ मा प्रदेश १ मा महिला अधिकारका घटनामा ४ सय ६८ जना पीडित भएको बताए । गत वर्ष ३ सय २५ जना पीडित भएको इन्सेक अभिलेखमा छ । सन् २०२१ मा बाल अधिकारका घटनामा ३ सय ५ जना पीडित भएको इन्सेकले जनाएको छ ।

यो वर्ष प्रदेश १ का कूल १ सय ३७ स्थानीय तह मध्ये आठ स्थानीय तहमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख भएनन् ।

अघिल्लो लेखमाइनरुवा मालपोत देशमै सबैभन्दा धेरै कारोवार गर्ने कार्यालय
अर्को लेखमाइनरुवा खेलमैदान अढाई वर्षदेखि निर्माणको नाममा बन्द गर्दा खेल गतिविधी ढप्प

10 टिप्पणीहरू

  1. That is the suitable weblog for anyone who desires to find out about this topic. You understand a lot its almost laborious to argue with you (not that I truly would want…HaHa). You undoubtedly put a brand new spin on a topic thats been written about for years. Nice stuff, simply nice!

  2. obviously like your web site but you have to test the spelling on quite a few of your posts. Many of them are rife with spelling problems and I in finding it very bothersome to inform the truth on the other hand I will definitely come again again.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्