इनरुवा । सुनसरीको इटहरी स्थित पूर्व–पश्चिम राजमार्गमा बुधवार मध्यरातमा सवारी दुर्घटना हुँदा इनरुवाका दुई युवाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका– १६ स्थित लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर इनरुवा–२ का २५ वर्षिय सुशान्त भट्टराई र संखुवासभा चिचिला–२ घर भई हाल इनरुवा बस्दै आएका २० वर्षिय विभिषण विकको मृत्यु भएको हो ।

मृतक बिक इनरुवा अस्पतालमा ओजेटीका लागि कार्यरत रहेका थिए ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार मध्यराती ११ः४५ बजेको समयमा लायन्स चौकमा दुर्घटना भएपछि उपचारका सिलसिलामा लैजाने क्रममा दुवैजनाको बाटोमा मृत्यु भएको हो ।

कार्कीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएको बताए ।

घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको कार्कीले जनाएका छन ।

प्रहरी नायब उपरीक्षक कार्कीले ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ व्र्षिय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए ।

अघिल्लो लेखमागुण्डा नाईकेलाई ल्याउन मोरङका नाईकेको झुम्का कारागार सरुवा
अर्को लेखमाझुम्कामा उपभोक्ता हित बिपरितका खाद्य बस्तु जफत गरी नष्ट

17 टिप्पणीहरू

  1. Awesome blog you have here but I was curious about if you knew of any discussion boards that cover the same topics discussed here? I’d really like to be a part of community where I can get advice from other knowledgeable individuals that share the same interest. If you have any suggestions, please let me know. Thanks a lot!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्