इनरुवा । सुनसरीको कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नका लागि स्थानीय तहमा कार्यरत कृषि तथा पशु प्राविधिकहरुलाई पकेट÷ब्लक कार्यक्रम अन्र्तगत अभिमुखिकरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई इनरुवा सुनसरीको आयोजनामा कार्यक्रम लागु भएका क्षेत्रमा कार्यरत कृषि तथा पशु प्राविधिकलाई पकेट÷ब्लक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कृषि क्षेत्रको विकासका लागि परियोजना मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न बालीनालीको उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था आवश्यक रहेको बताए ।

प्रजिअ यादवले किसानलाई व्यवसायी बनाउँन पकेट र ब्लक क्षेत्रमा सहभागी गराउँन आवश्यक रहेकाले स्वरोजगार सृजना र आयआर्जनका लागि कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाइ सुनसरीका निमिक्त कृषि अधिकृत देबिन्द्र साहु, पकेट ब्लक क्षेत्रका समुहका संयोजकलगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

सुनसरीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका क्रियाकलापमार्फत कृषि क्षेत्रको आधुनिकिकरण कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्न कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्थाका लागि विभिन्न कार्यक्रमहरु गरिदै आएको छ ।

अघिल्लो लेखमाअख्तियारमा इनरुवा नगरपालिकाले गरेको दर्जनौ योजनाको उजुरी
अर्को लेखमासुनसरीमा जंगली मत्ता हात्ती कुहिएको अवस्थामा भेटियो

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्