इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले २ स्वर्णसहित ४ पदक जितेको छ ।
कोशी महोत्सवको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा सेनाले महिलातर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको हो ।
सेनाको लागि सिवाङगी दुवे र सुशीला चन्दले स्वर्ण दिलाएका हुन् । पुरुषतर्फको प्रतिष्पर्घामा भने सेनाले एक रजत र एक काँस्य जितेको छ ।
प्रतियोगिता विभिन्न ४ वटा तौल समूहमा खेलाइएको थियो । खेलमा प्रदेश नम्बर ३ र नेपाल प्रहरीले एक÷एक वटा स्वर्ण जितेको छ । दुवैले थप एक÷ एक काँस्य पदक जितेका छन् ।
प्रतियोगितामा प्रदेश नम्बर १ ले दुई रजतसहित ४ पदक जितेको छ । प्रदेश नम्बर ५ ले एक रजत र एक काँस्य जित्दा ६ नम्बर प्रदेशले दुई काँस्य जितेको छ ।
राष्ट्रिय कुस्ती प्रतियोगितामा दुई बिभागीय टिम नेपाल पुलिस र नेपाली सेनाले सहभागिता जनाएको थियो । प्रदेशतर्फ भने ४ र ७ नम्बर बाहेकका खेलाडीले प्रतिष्पर्घा जनाएको कार्यक्रम संयोजक वशन्त सुवेदीले जानकारी दिए ।
प्रतियोगिताका बिजयी खेलाडीहरुलाई पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी र पूर्व राखेप सदस्य शम्भु आचार्यले पुरस्कार वितरण गरेका थिए ।
तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सृष्टि समाज इनरुवा र कोशी गाउँपालिकाले संयुक्त रुपमा सञ्चालनमा ल्याएको थियो ।
राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएपनि खेल स्थलमा नेपाल र भारतका नाम चलेका पहलमानहरु बिचको दंगल खेल भने जारी छ । कोशी महोत्सव एकसाता चल्ने छ ।

अघिल्लो लेखमागुणस्तरीय बिऊका लागि इनरुवामा संरचना शिलान्यास
अर्को लेखमाकोरोना खोपको साईड ईफेक्टले जनमानसमा बढ्दो त्रास

27 टिप्पणीहरू

  1. I was curious if you ever thought of changing the page layout of your blog? Its very well written; I love what youve got to say. But maybe you could a little more in the way of content so people could connect with it better. Youve got an awful lot of text for only having 1 or 2 pictures. Maybe you could space it out better?

  2. An impressive share, I just given this onto a colleague who was doing a little analysis on this. And he in fact bought me breakfast because I found it for him.. smile. So let me reword that: Thnx for the treat! But yeah Thnkx for spending the time to discuss this, I feel strongly about it and love reading more on this topic. If possible, as you become expertise, would you mind updating your blog with more details? It is highly helpful for me. Big thumb up for this blog post!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्