इनरुवा । सुनसरीको दुहवी नगरपालिका स्थित कोशी राजमार्गबाट सदरमुकाम इनरुवा तर्फ आउने इनरुवा–दुहवी सडक निर्माणका लागि स्थानियहरुले सरोकारवालालाई संयुक्त दवाव दिदै ध्यानकर्षण गराएका छन ।

इनरुवा नगरपालिकाको सभाहलमा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकार मन्त्रीलगायत सासंदहरु र स्थानिय तहका प्रमुखलाई संयुक्त भेला मार्फत दवाव दिदै ध्यानकर्षण गराइएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकास मन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भिर रहेकाले बढदो शहरीकरण र जनसंख्या वृद्धिले सडक बाटो फराकिलो गर्नुपर्ने आवश्यक भएको बताए ।

मन्त्री कार्कीले सडक क्षेत्रको अनाघिकृत अतिक्रमण हुने क्रमले अहिलेको सडकले सवारी चापलाई धान्न नसक्ने बताउदै बाटो विस्तारका लागि जग्गा अधिग्रहण गरि मुआब्जा दिने बिषयमा समस्या हुने भएकाले जोखिमका बीचमा पनि प्रदेश सरकारले सडक निर्माण र विस्तार गर्न प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा १ नम्बर प्रदेशका पूर्वमुख्यमन्त्री भिम आचार्यले दुहवी इनरुवा सडक विस्तारको विकल्प नभएकाले फराकिलो र गुणस्तरिय सडक निर्माण गरेर जानुपर्ने बताए ।

नेता आचार्यले भने दुहवी इनरुवा सडक निर्माण तथा विस्तारका लागि आफनो व्यत्तीगत र एमालेको तर्फबाट बजेट छुट्टयाउनका लागि प्रदेश सरकार र संद्यिय सरकारलाई ध्यानकर्षण गराउने छु ।

नेपाली काग्रेंसका १ नम्बर प्रदेश प्रदेशसभाका संसदिय दलका नेता तथा केन्द्रिय सदस्य राजिव कोईरालाले सडक निर्माणका सवालमा आफूले सदनमा कुरा उठाएको तर सुनुवाई नभएकाले स्थानियको माग र दवावमा आफनो साथ सर्मथन रहेको बताए ।

नेता कोइरालाले पच्छिलो पटक संघीय की प्रदेश सरकारले दुहवी इनरुवा सडक हेर्ने विषयमा केही अन्यौल रहेकाले पनि समस्या भएको बताउदै दुहवी इनरुवा सडक चार लेन नभएपनि दुई लेनको स्तरीय सडक निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सासद ताहिर अंसारी र ज्योती सुब्बाले पनि शहरीकरण र जनसंख्या वृद्धिले पुराना सडक बाटो साधुरो हुदा सवारी साधनहरु आवतजावतमा समस्या भईसबारी चाप बढेकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताए ।

दुहवी नगरपालिकाका प्रमुख देवनारायण गच्छदार, गढीका अध्यक्ष आशनारायाण चौधरी र इनरुवा नगर प्रमुख केदार भण्डारी सहितले अहिले बढेको सबारी चापले पैदल यात्रुलाई समस्या भएकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताए ।

कार्यक्रममा इनरुवा उपप्रमुख विनिता कुमारी मेहता, गढीका उपाध्यक्ष अनिता कुमारी साह, एमालेका नेता सरोज पोखरेल, इनरुवाका वडा अध्यक्षहरु अनिल पोखरेल, प्रमोद पोखरेल, सुमन थापा सहितको उपस्थिती रहेको थियो ।

स्थानीय नागरिकहरुको सकृयतामा इनरुवा दुहबी सडक निर्माण दवाव समितिले इनरुवा दुहबी सडक खण्डको इनरुवा ५, ७ गढी २, दुहबी १०, २ र ६ सम्मको सडक जिर्ण बनेर आवतजावतमा समेत कठिन बनिसकेकोले निर्माणका लागि दवाव दिन स्थानीय स्तरमा संघर्ष समिति गठन गरिएको छ ।

करिव १५ कि.मि. लामो दुहवी– इनरुवा सडक खण्ड लामो समयदेखि जिर्ण बनेपनि सामान्य टालटुल गरेर सञ्चालनमा रहेको छ । तर पछिल्लो एक वर्षमा आधा दर्जन पटक टालटुल गरेपनि फेरि उस्तै भएपनि आजित प्रभावित स्थानीयहरुले नयाँ सडक निर्माणको लागि दवाव दिन भन्दै संघर्ष समिति गठन गरेको समितिका संयोजक गोविन्द प्रसाद पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार इनरुवा दुहवी सडक खण्डमा पर्ने समाजसेवी, बुद्धिजीवि तथा व्यवसायी गोविन्दप्रसाद पोखरेलको संयोजकत्वमा ५० सदस्यीय सडक निर्माण दवाव समिति गठन गरिएको थियो ।

भेलामा समितिको सह–संयोजकमा दण्डपाणी भण्डारी, एकराज खनाल, दाताराम पोखरेल, माधवप्रसाद सुवेदी, सचिवालय सदस्यहरु इनरुवा नगरपालिका ५ का पूर्व वडाध्यक्ष अञ्जनीकुमार पोखरेल, अच्यूत भण्डारी, नेत्र श्रेष्ठ, हेमराज पोखरेल, लालबहादुर श्रेष्ठ, हेमबहादुर श्रेष्ठ, सीता पोखरेल, कृष्ण खनाल, ईश्वर पोेखरेल, रमेश कट्वाल, कपिलहरी निरौला, विनोदभाई पोखरेल, रामनारायण चौधरी र टंकप्रसाद पोखरेल लगायतकाले समस्याका ’boutमा बोलेका थिए ।

समितिले दुहबी इनरुवा सडक खण्डमा दायाँबाँया ढल निकास सहितको ४ लेनको गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, सडकको दायाँबाँया कम्तीमा ५–५ फिटको यात्रु आवत जावत गर्ने फुटपाथ निर्माण गर्नुपर्ने, सडकको छेउछाउमा दुवैतर्फ सडकको पानी निकासका लागि कम्तीमा भी सेप राख्ने, चार लेन मध्ये दुवै तर्फ वनवे निर्माण गर्ने र बिचमा डिभाइडर निर्माण गने र बिजुली, खानेपानी, अप्टीकल फाइवर, नेटका तारहरुको समुुचित व्यवस्थापन गर्ने लगायतका मागहरु अघि सारेका छन् ।

अघिल्लो लेखमाबाबा सहकारीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न
अर्को लेखमाइनरुवामा अबैद्य रुपमा खोला दोहन गर्दै पूर्व जनप्रतिनिधि हजारौ हाइवा माटो बिक्री गर्दा नगरपालिका मुखदर्शक

१ प्रत्रिक्रिया

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्