इनरुवा । सुनसरीको दुहवी–इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा परि इनरुवाका १ सहित ३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर पश्चात माईक्रो सडक किनारमा पल्टेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जनाको ज्यान गएको छ ।

सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ ।

उनीहरु सबैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

घाइने हुनेमा बिराटनगरका जयनारायण यादव, सप्तरीका इन्द्रकला खिङ, राजबिराजका निरज साह र सुरेश मण्डल छन् ।

त्यसैगरी इनरुवा ८ का चन्द्र मेहता र शान्ति मेहता, इनरुवा ३ का अनुज अधिकारी र इनरुवा ५ की प्रशंशा सुवेदी समेत घाइते भएका छन् । उनीहरुको उपचार जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमाभारतमा खोप लगाएका चार सयभन्दा बढीलाई साइड इफेक्ट, तीन जना अस्पताल भर्ना
अर्को लेखमाजोगबनीमा कपडा किनिदिने भन्दै बालिका बिक्री गर्ने प्रयास

12 टिप्पणीहरू

  1. I do enjoy the manner in which you have framed this particular issue plus it does indeed provide me a lot of fodder for thought. However, because of everything that I have experienced, I simply just hope when other reviews pile on that individuals keep on issue and not get started on a soap box involving some other news of the day. Anyway, thank you for this outstanding piece and though I do not necessarily agree with the idea in totality, I respect your point of view.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्