सुनसरीबाट तिन नाल भरुवा बन्दुकसहित दुई शिकारी पक्राउ

6
210
Two hunters arrested with three loaded guns from Sunsari
gun

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ बाट तिन थान भरुवा बन्दुकसहित दुईजना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजबंशीका अनुसार मंगलवार दिउँसोको साबिकको भरौल सिमरवन स्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकबाट बन्दुकसहित मानिस पक्राउ परेका हुन ।

प्रहरी निरिक्षक राजबंशीका अनुसार विशेष सुचनाका आधारमा प्रहरी टोलीले त्यस स्थानमा घेरा हाली खोजी गर्दा बराहक्षेत्र ५ सिमरवन बस्ने पवनलाल माझी र बराहक्षेत्र ३ देविथान चौक बस्ने मोहन श्रेष्ठ बन्दुकसहित पक्राउ परेका हुन ।

तिन थान भरुवा बन्दुक लोड गरि घाममा सुकाई रहेको अबस्थामा सामुदायिक बनका मानिसहरुले देखेपछि प्रहरीलाई सुचना गरेर बोलाएका थिए ।
स्थानियले दुवैजना लामो समयदेखी जड्डलमा वन्यजन्तुको चोरी शिकारी कार्यमा सलग्न रहदै आएको जानकारी पाएपनि फेला पार्न नसक्दा प्रहरीले नियन्त्रणमा लिन नसकेको जनाएका छन ।

भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

अघिल्लो लेखमाइनरुवामा विद्यालयभित्र १० लाखको लागतमा मञ्च बनाउदै पुर्व विद्यार्थी
अर्को लेखमारामधुनीमा एमाले छाडदै नेकपा एसको वडा टोलमा संगठित हुदै

6 टिप्पणीहरू

  1. You really make it seem so easy with your presentation but I find this topic to be really something which I think I would never understand. It seems too complicated and extremely broad for me. I am looking forward for your next post, I will try to get the hang of it!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्