इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा पाहुना आएका एकजना भारतिय नागरिकसँग कटुवा पेस्तोल र गोली फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगर गाउपालिका –४ स्थित डोमि मेहताको घरमा पाहुना आएका भारतिय नागरिकको साथबाट १ थान कटुवा पेस्तोल र ३ थान गोली फेला परेको हो ।

प्रहरीले विशेष सुचनाका आधारमा मेहताको घरमा पाहुना आएका भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाललाई चेकजाँच गर्दा सो पेस्तोल र गालि फेला परेको हो ।

प्रहरीले भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाललाई तत्कालै पक्राउ गरेको थियो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको बीआर ३९ जे ६८३५ नम्वरको मोटरसाईकलको डिकिभित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल एक थान र ३ राउण्ड गोलीसहित बरामद गरेको हो।
कटुवा पेस्तोलसहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

अघिल्लो लेखमाजिसस सुनसरीको पदाधिकारी र सदस्य चयनका लागि जेठ ३० मा निर्वाचन
अर्को लेखमाइनरुवाका बैंक र वित्तिय संस्था सामाजिक उत्तरदायित्व भुलेर मुनाफामा केन्द्रित

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्