इनरुवा । सुनसरीमा पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले इनरुवा र इटहरीमा दुईवटा सार्वजनिक समारोहमा सहभागी गराउने कार्यक्रममा सर्वसाधरणहरुको पुर्वराजा प्रति बढदो क्रेज रहेको पाइएको छ ।

सोमबार पुर्वराजा इटहरीको बुढीगंगा मुक्तिघाटमा आयोजित शिवगंगा महाआरती कार्यक्रममा सहभागी हुने क्रममा ठुलो सख्याँमा सर्वसाधरणलेसक्रिय राजनितीमा फर्कन आव्हन गर्दै गरेको नारावाजीले उनको क्रेज बढदो रहेको पाइएको हो ।

शिवगंगा महाआरती कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । उनले उपस्थिति जनाइरहदा राजा आऊ देश बचाउको नारा पनि त्यतिकै घन्किएको थियो ।

पूर्व राजा ज्ञानेन्द्रले कार्यक्रममा सहभागी जनाउँदै केही मन्दिरहरूको दर्शन तथा पूजाआजा गरेका थिए । पूर्व राजाको उपस्थितिमा स्थानीयहरूको भिड नियन्त्रण बाहिर थियो ।

पछिल्लो समय राजनीतिक दलहरूप्रति वितृष्णा बढिरहेको बेला पूर्व राजा ज्ञाने्रन्द्रले विभिन्न क्षेत्रमा आयोजना हुने धार्मिक कार्यक्रमहरूमा सक्रिय उपस्थिति जनाउन थालेका छन्।

यसै बिच सुनसरीको इटहरीमा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती हुँदा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ , राजा आऊ देश बचाउको नारा घन्किएको थियो ।

आउदो चैत २० गते सोमबार इनरुवा स्थित खेलमैदानमा पुर्वराजालाई उनका समर्थकहरुले कोशी प्रदेशवासीको ठुलो सहभागीता गराएर नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरेका छन ।

पुर्वराजा आउने भएपछि इनरुवामा ठुलो सख्याँमा समर्थकहरुलाई ल्याउनका लागि गाँउ गाँउमा प्रचार प्रसार गर्नुका साथै नयाँ पुस्तालाई कार्यक्रममा सहभागी गराउन सामाजिक संजाल मार्फत आव्हन गरिएको छ ।

इनरुवामा हुने कार्यक्रममा पुर्वराजाले आफना योजनाका ’boutमा मन्तव्य दिने कार्यक्रम रहेकाले राजनितिक क्षेत्रमा गम्भीरता पुर्वक चासो बढनुका साथै राजावादी समर्थकहरुले सर्वसाधरणहरुको क्रेज राजाप्रति बढदै जाने दावी गरेका छन ।

अघिल्लो लेखमापुर्वराजाले आफ्नो योजनाका बिषयमा कोशी प्रदेशवासीसँग इनरुवामा छलफल गर्ने
अर्को लेखमास्थानिय प्रशासनले स्वीकृती नदिएपछि पुर्वराजा सहभागी हुने कार्यक्रम अन्यौलमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्