इनरुवा । सुनसरीमा रहेको प्रदेश सरकार मातहातको कृषि ज्ञान केन्द्रले किसानलाई दिने अनुदान र सहुलियत कर्जा कागजमा देखाएर किसानलाई बञ्चीत गर्दै आएका पाइएको छ ।
जिल्लाका किसानलाई व्यवसायीक खेतीमा सहयोग गर्न प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण कर्जा बिचौलिया र दलका नेताको हालीमुहाली हुँदा वास्तविक किसान मारमा परेका हुन ।
प्रदेश सरकारको कृषि मन्त्रालय र मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष रेखदेखमा रहेको कृषि ज्ञान केन्द्र सत्ताधारी दलका नेता तथा बिचौलियाको पोल्टामा रहँदा किसानहरुले सरकारी अनुदान र सहुलियत कर्जा पाउन सकेका छैनन् ।
इनरुवामा कार्यालय रहेको कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुख भएर आउनका लागि उपसचिव तहका कर्मचारीले एक नम्बर प्रदेश सरकारको कृषि मन्त्रालयको नेतृत्व गर्ने मन्त्री रहेको दलका नेता कार्यकर्ता रिझाएर रकम खर्च गरि यहाँ जिम्मेवारी सम्हाल्दै आउने गरेका छन ।
सुनसरी जिल्ला अन्नबाली, नगदे बालीका लागि उर्वर मानिन्छ । जिल्लामा व्यवसायीक खेतीका लागि प्रदेश सरकारले वार्षिक १० करोड भन्दा माथिको बजेट किसानका लागि अनुदानमा दिन निकासा गर्दै आएको छ ।
कृषि मन्त्रालयबाट प्राप्त बजेट कृषि ज्ञान केन्द्रको प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै आएका कार्यालय प्रमुख निलकमल सिंहले बिचौलिया र दलका नेताहरुको सेटिङमा कागज अनुदान देखाएर करोडौ रकम हिनामिना गर्दै आएका छन ।
हरिनगरका किसान लक्ष्मण मेहताले सुनसरीका किसानका लागि प्राप्त बार्षिक कृषि कार्यक्रमको निर्देशिका, बजेट, कार्यक्रम संचालन हुने क्षेत्र, कर्जा, अनुदान जस्ता बिषयमा किसान समक्ष सार्वजनिक जानकारी नगराउदा बिचौलिया र दलका नेताहरु हावी हुने गरेको आरोप लगाए ।
उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा तीन चार पटक कार्यालयमा आएर बार्षिक कार्यक्रम र योजनाको ’boutमा जानकारी माग्दा पाईन । अनुदानको लागि निवेदन दिए तर मेरै गाउँमा खेती किसानी नगर्ने मानिसले अनुदान लिएर गए तर मैले विचौलियालाई नजराना नदिदा अनुदान पाईन ।’
कोशी गाउँपालिका लौकहीका किसान देवशंकर यादवले कृषि ज्ञान केन्द्रमा व्यवसायीक खेतीका लागि अनुदान लिन जाँदा कर्मचारी र बिचौलियाले कमिसन माग गर्ने गरेकाले कमिसन नदिने किसानलाई कार्यक्रम’bout कुनै जानकारी नहुँदा किसानले त्यसबाट लाभ उठाउनै नसकेका बताए ।
यादव भन्छन्, ‘कमिसन नदिदा किसान लक्षित अनुदान र सहुलियतपूर्ण कर्जा योजना गैह् कृषि पेशामा रहेका व्यक्तिले बिचौलियामार्फत लिएर मिलोमतोमा अनियमितता गर्दै आएका छन ।’
कृषि क्षेत्रमा रहेर व्यवसायीक खेती गर्दै आएका अधिकांश किसानले कृषि ज्ञान केन्द्रबाट किसानका नाममा आएको अनुदान सहुलियत ऋण कति प्रयास गर्दा पनि नपाइएको गुनासो गरेका छन ।
भोक्राहा–नरसिंहका मकै खेती गर्ने शत्रुधन महत्तोले किसान लक्षित योजनाहरु’bout जानकारी माग गर्दा ज्ञान केन्द्रले प्रत्येक वर्ष भदौ असोजमा मन्त्रालयबाट कार्यक्रम आएपछि सूचना दिने भन्दै आलटाल गर्ने र पछि यसवर्ष कार्यक्रम आएन भनेर जवाफ दिएर जिम्मेवारीबाट पन्छिने गर्दै आएको गुनासो गरे ।
सरकारी अनुदानबाट खेती गर्ने किसानहरु नभएर ज्ञान केन्द्रका बिचौलिया मात्रै हुने गरेकाले धेरैजसो किसानले घरजग्गा धितो राखेर, योजना पारित गराएर निजी बैक तथा वित्तिय संस्थाबाट चर्को व्याज दरमा ऋण लिएर खेती गर्दै आएको किसानहरु बताउँछन ।
प्रदेश १ कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले निश्चित विधि र प्रक्रिया पुरा नगरेका किसानले नपाएको हुन सक्ने बताए ।
पोखरेलले भने, ‘बैंकहरुले तरलता अभावको कारण देखाउँदै सहुलियत दरको कर्जा रोकेकाले कसैले सहुलियतपूर्ण कर्जा नपाएको हुन सक्ने तर अनुदाननै पाएन भन्ने गुनासो थाहा नभएको दावी गरे ।
It is the best time to make a few plans for the future and it’s time to be happy.
I have learn this put up and if I could I want to counsel
you few fascinating issues or suggestions. Perhaps you could
write next articles referring to this article. I desire to read more things approximately it!
Also visit my web blog tracfone special
I was excited to uncover this website. I need to to thank you for
your time due to this wonderful read!! I definitely
really liked every part of it and I have you saved
as a favorite to see new information on your web site.
my site … tracfone 2022
It’s an remarkable piece of writing designed for all the online people; they will take advantage from
it I am sure.