बागी र असन्तुष्ट फकाउँदै सुनसरी कांग्रेसका नेताहरु

36
517
Sunsari Congress leaders lying rebellious and dissatisfied
rajiw koirala

इनरुवा । सुनसरीमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागी र टिकट नपाएर असन्तुष्ट नेता कार्यकर्तालाई फकाउन थालेको छ ।

सुनसरी कांग्रेसले पार्टी निर्णयविरुद्धमा असन्तुष्ट बन्दै जिल्लाका प्रायः सवै जसो वडाहरुमा उम्मेदवारी दिएका बागीहरु र टिकट नपाएर चुनावी अभियानमा सहभागी नभई पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरिरहेका नेता कार्यकर्ताहरु फकाउन थालेको हो ।

बागी र असन्तुष्ट नेता कार्यकर्ताहरुलाई फकाएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा चुनावी अभियानमा सहभागी गराउँन काग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश एकका संसदीय दलका नेता राजिव कोइराला, अर्का केन्द्रीय सदस्य राजिव ढुड्डाना, प्रतिनिधिसभा सासंद सिताराम मेहता, जिल्ला नेता संजय श्रेष्ठसहितको टोली जिल्लामा समस्या देखिएका पालिकाहरुमा भेटघाट छलफलका लागि पुगिरहेका छन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले बागीहरुलाई वैशाख २२ गतेसम्म स्वतन्त्र उम्मेदवारीबाट पछि हटेर पार्टीका आधिकारीक उम्मेदवारका पक्षमा समर्थन गर्न अन्तिम समय सीमा दिएकाले धेरै स्थानमा बागीहरु पार्टीको निर्देशन मानेर चुनावमा लाग्ने विश्वास ब्यक्त गरे।

उनले इनरुवामा बागी उठेका उम्मेदवारहरुलाई आधिकारिक उम्मेदवारका पक्षमा समर्थन गरेर पार्टीको चुनावी अभियानमा सहभागी हुन आग्रह गरिएको बताए ।

इनरुवामा असन्तुष्ट र बागीहरुसँग छलफल थालिएकाले अहिले रहेको समस्या केही स्थानमा मिलेको अधिकांश वडाहरुमा मिल्ने क्रममा रहेकाले अन्तिम समयमा सवै एकजुट हुने अपेक्षा गरिएको बताए ।

दुहवी नगरपालिकामा त्यसै स्थानका उपलब्ध नेताहरु छलफलमा जुटेकाले समस्या समाधान हुने कोइरालाले बताए ।

रामधुनी नगरपालिकाको १ नम्बरदेखि ७ नम्बर वडासम्मका असन्तुष्टहरु पार्टीको चुनावी अभियानका फर्किसकेकाले ८ नम्बर र ९ नम्बर वडाका असन्तुष्टहरु अन्तिम समयमा पार्टीमा एकजुट भएर लाग्ने विश्वास रहेको कोइरालाले बताए ।

गढी गाउँपालिकामा असन्तुट रहेका नेता कार्यकर्तालाई पार्टीको आधिकारिक उम्मेदवारका पक्षमा लाग्न निर्देशन दिदै आपसी छलफल वार्ताका माध्यमबाट समस्या मिलाउन स्थानीय स्तरबाटै पहल भईरहेको कोइरालाले बताए ।

दक्षिणवर्ती क्षेत्रमा रहेका देवानगञ्ज गाउँपालिकामा आधिकारिक उम्मेदवारका विरुद्धमा लाग्दै जनता समाजवादी पार्टी जसपाका उम्मेदवारलाई चुनावी अभियानमा लागेका असन्तुष्ट नेता कार्यकर्तासँग काग्रेस नेताहरुको टोलीले मंगलवार दिनभर छलफल गरि पार्टीका आधिकारीक उम्मेदवारका पक्षमा लाग्ने आग्रह गरेका थिए ।

कांग्रेस नेता कोइरालाले वडा वडामा गएर भेटघाट गर्ने क्रममा रहेकाले अन्तिम समयसम्म सवैजना पार्टीका पक्षमा लाग्ने विश्वास लिएकाले कांग्रेसको स्वभाव असन्तुष्टीका वावजुद अन्तिम समयमा मिल्ने भएकाले त्यसैअनुरुप बागी र असन्तुष्टहरु कांग्रेस जिताउन लाग्ने बताए ।

स्थानीय चुनावको मनोनयन दर्ताको अन्तिम समयमा सुनसरी जिल्लाका १२ वटा पालिकाको उम्मेदवार चयन गरेको सुनसरी कांग्रेसमा अधिकांश पालिका र वडाहरुमा बागी उम्मेदवार बन्नेहरुको लर्को लागेपछि चुनावी मैदानमा बागीको भिडमा असन्तुष्टहरु थपिएका थिए ।

सुनसरीमा उम्मेदवारीलाई लिएर पार्टीभित्र देखिएको असन्तुष्टी पालिका, क्षेत्रीय र जिल्ला तहबाट समाधानको लागि पहल हुनु पर्नेमा ति तहका अधिकांश नेतृत्वकर्ताहरु आफै उम्मेदवार बनेकोले समस्या समाधानको लागि पहल तत्कालै हुन नसक्दा समस्या देखिएको कांग्रेसका नेताहरुको बुझाईछ ।

अघिल्लो लेखमाकांग्रेसको दह्रो संगठन नै हाम्रो जितको आधार हो : बिनिताकुमारी मेहता
अर्को लेखमाकांग्रेसलाई सुनसरीका अधिकाशं पालिकामा आफ्नो गढ जोगाउन सकस

36 टिप्पणीहरू

  1. [url=https://santehlider.com/catalog/dushevye_kabiny/ ]душевая кабина фото сантехлидер [/url]
    Tegs: душевая кабина угловая с высоким поддоном сантехлидер https://santehlider.com/catalog/dushevye_kabiny/

    [u]низкие душевые кабины без крыши сантехлидер [/u]
    [i]официальный интернет магазин сантехники сантехлидер [/i]
    [b]московские интернет магазины сантехники сантехлидер [/b]

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्