सुनसरीमा विशेष अप्रेसनका लागि सीमाक्षेत्रमा खटिएको प्रहरीको हतियार लुटियो

0
41
Weapons of the police stationed in the border area for special operations were looted in Sunsari
police (1)

इनरुवा । सुनसरी अन्र्तगतको नेपाल–भारत सीमा क्षेत्रका विशेष अप्रेसनका लागि खटिएको भनिएको नेपाल प्रहरीको टोलीमाथि आक्रमण गरेर हतियार लुटिएको छ ।

लुटिएको हतियारको खोजी सुनसरी प्रहरीले तिब्र रुपमा गरिरहे पनि अहिलेसम्म भेट्न सकेको छैन ।

बर्जु गाउँपालिकाको सीमा क्षेत्रबाट प्रहरीको हतियार बिहिबार मध्यराती लुटिएको थियो । हतियार लुटिएकोे विषय स्थानीयबाट गाइगुइ सुनिएपछि मात्र बाहिरिएको हो ।

स्थानीयका अनुसार बर्जु १ को शुक्र’bout भन्ने स्थानमा सादा पोशाकमा रहेका प्रहरीलाई कुटपिट गरी उनीहरुको साथबाट पेस्तोल लुटिएको छ ।

यता सो ’bout बुझ्दा जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत घटना स्विकारेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीको हतियार लुटिएको घटना बिहिबार मध्यराती १२–१ बजे तिरको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी बिपिन रेग्मीले सादा पोशाकमा रहेका प्रहरीको साथमा रहेको एकथान लोडेड पेस्तोल अज्ञात समूहले लुटेको बताए ।

रेग्मीका अनुसार सीमा क्षेत्रमा तस्करीको खबर सुनेर पुगेको सादा पोशाकका २ जना प्रहरी माथि ५–७ जनाको अज्ञात समूहले आक्रमण गरेको थियो ।

प्रहरीमाथि जाइलागेको समूहले कुटपिट गरी पेस्तोल लुटेर लगेको उनले बताए । एसपी रेग्मीले चाइनिज पेस्तोल सहित म्यागजिन र ७ राउण्ड गोली लुटिएको बताए ।

एसपी रेग्मीका अनुसार अज्ञात समूहको कुटाईबाट इलाका प्रहरी कार्यालय दुहवी बाट खटिएका सादा पोशाकका जबानद्वय बिमल परियार र प्रेम चौधरी घाइते भएका छन ।

जसमध्ये परियारको टाउकोमा चोट लागेको छ । एसपी रेग्मीले घटना लगत्तै लुटपाट तथा प्रहरीमाथि कुटपिटको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धानमा राखिएको बताए।

समाचार तयार पार्दै गर्दा सम्मको अवधिमा हतियार फेला परीनसकेको बताएका एसपी रेग्मीले सो उपरको अनुसन्धान भने अन्तिम चरणमा पुगेको जनाए ।

अघिल्लो लेखमाइनरुवामा सनातन पक्षधरको जिल्ला भेलामा हिन्दुराज्यको माग
अर्को लेखमा¿cuál Es El Código Promocional De 1xbet Argentina? Bono 2023 SETEM MCM

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्