इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका कुञ्जिलाल यादव र प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष मेहता पछिल्लो समयमा संयूक्त चुनावी अभियानको रणनीति परिवर्तन गरी अधिकसे अधिक मतदाता माँझ पुग्न अलग अलग चुनावी अभियान चलाईरहेका छन ।
प्रचार प्रसारको समय सुरु हुँदाका बखत संयूक्त रुपमा घरदैलो गरिरहेका उनीहरु पछिल्लो समयमा आफ्नो निर्वाचन क्षेत्रका सबै मतदाताको घरमा पुग्ने रणनीतिअनुसार अलग अलग रुपमा निर्वाचन अभियान चलाईरहेका छन ।
इनरुवा ४ घर भई इनरुवा ३ मा बसोबास गर्ने प्रदेशसभा उम्मेदवार मेहता विहान अनौपचारिक रुपमा इनरुवा ३ का मतदाताहरुलाई एक्ला एक्लै भेट्दै हिड्छन भने दिउँसो कार्यकर्ताहरुको पंक्ति लिएर इनरुवा ४ र ८ को घरदैलोमा निस्किन्छन । उनको गृह नगर इनरुवाबाट ३ वटा वडा पर्ने भएकोले यी वडाबाट प्रतिष्पर्घीभन्दा बढी मत ल्याउने योजनाअनुसार उनी अघि बढीरहेका छन।
उनको प्रतिष्पर्घीको रुपमा नेकपा एमालेबाट हरिनगर गाउँपालिका निवासी अब्बास अन्सारी र नेपाली कांग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिका निवासी इस्राईल मन्सुरी रहेका छन ।
यो प्रदेशसभाको निर्णायक मत इनरुवाका यीनै तीन वटा वडा भएकोले मेहता आफ्नो गृह नगरमा बढी मेहनत गरिरहेका छन ।
मेहता भन्छन, ‘इनरुवाका तीन वटा वडा मेरो गृह नगर हो । यहाँका सबै मतदाताले मलाई चिन्नु हुन्छ । उहाँहरु एक पटक घरमा आईदिओस भन्ने चाहनु हुन्छ । उहाँहरुकै आग्रहमा म घरघर पुगिरहेको छु ।’
यद्यपि उनी आफू समय मिलाएर क्षेत्रका अन्य भुगोलमा पनि सँगसँगै पुगिरहेको बताउँछन ।
उनकै पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार कुञ्जिालाल यादव पनि पछिल्लो समयमा आफ्नो गृह नगर भोक्राहा नरसिंह गाउँपालिकामा बढी केन्द्रीत छन ।
सो पालिकाको अधिकांश मत प्राप्त हुँदा पनि जितको स्थितिमा रहेकाले उनले आफ्नो गृह नगरमा बढी मेहनत गरिरहेका छन ।
पेशाले प्राध्यापक यादव दिउँसो आफ्नो निर्वाचन क्षेत्रको अन्य भुगोलमा घरदैलो र सभासहितका चुनावी अभियानमा सक्रिय रहेपनि विहानको मार्निङ वाकको करिब दुई घण्टाको समय र साँझदेखि मध्यरातीसम्म आफ्नै गृह नगरको मतदाताको घर घर पुग्ने गरेका छन ।
उनी भन्छन, ‘घरगाउँका मानिसहरुलाई मेरो बढी चिन्ता छ । उहाँहरु भोक्राहा नरसिंहबाट अधिकसे अधिक मत ल्याएर मलाई बिजयी बनाउन दिनरात नभनि चिन्ता र चासो लिईरहनु भएको छ । उहाँहरुले नै तयारी गर्नु हुन्छ । विहान बेलुका पुगेर म आफ्नो कुरा राख्छु ।’
यादव थप्छन, ‘संयूक्त रुपमा जाने ठाँउमा संयूक्त रुपमा पुगिरहेका छौ । तर गृह नगरहरुमा प्रतिष्पर्घीलाई चुनौति दिने गरी हामी सबै उम्मेदवारहरु अलग–अलग मोर्चा बनाएर सक्रिय छौ ।’
Write more, thats all I have to say. Literally, it seems as though you relied
on the video to make your point. You clearly know what youre talking about, why throw away your intelligence on just posting videos to your weblog when you could be giving us something informative to read?