इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई आक्रमक रुपमा अगाडि बढाईरहेका छन ।

सो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्राध्यापक कुञ्जिलाल यादव, प्रदेशसभा क का उम्मेदवार नुनुलाल उराँव र प्रदेशसभा ख का उम्मेदवार सन्तोष मेहताले अलग–अलग र संयूक्त रुपमा चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन।

लोसपाका उम्मेदवारहरुले सूचना प्रविधिका जानकारहरुको एउटा टिम बनाएर सामाजिक सञ्जालमार्फत क्षेत्रका सम्पूर्ण मतदाताकोमा आफ्नो विचार पु¥याउने अभियानसँगै उम्मेदवार विनासमेत कार्यकर्ताहरुले घरदैलो गरिरहेका छन ।

प्रदेश ४ खका उम्मेदवार सन्तोष मेहता भन्छन, ‘उम्मेदवारसँग मात्रै हिडेर अभियान सञ्चालन गर्न समय कम भएकोले प्रत्येक वडा र टोलहरुमा स्थानीय पार्टीका नेताहरुले घरदैलो, भेटघाट र छलफललाई विहानैदेखि निरन्तरता दिने, उम्मेदवारहरुले विहान आफ्नो क्षेत्रमा घरदैलो गर्ने र दिउँसो पार्टीको निर्वाचन तालिका अनुसार उम्मेदवारहरुसहित घरदैलो र चुनावी सभाहरु गर्ने कार्यक्रमलाई अगाडि बढाईरहेका छौ ।’

लोसपाले सुनसरी ४ को निर्वाचनलाई लक्षित गरेर दुई वटा चुनावी गित एउटा मैथली र एउटा नेपाली भाषामा बनाएर गाउँगाउँमा बजाएर भोट माग्ने कामलाई पनि चुनावी अभियानसँगै अगाडि बढाईरहेको छ भने सामाजिक सञ्जालमा उम्मेदवारले मतदाताहरुलाई मतदानका लागि आग्रह गर्दै आह्वान गरेको भिडियोहरुलाई पनि प्रत्येक मतदाताहरुमाँझ पु¥याउने गरी सूचना प्रविधिको प्रयोगलाई महत्व दिएको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार कुञ्जिलाल यादव निर्वाचन आयोगले प्रचार प्रसारका लागि दिएको समय कम भएकोले सम्भव भएसम्म सबै मतदाताहरुसम्म आफ्नो विचार पु¥याउन सम्भव भएसम्मको उपाय र विधीहरुको उपयोग गरिएको बताए ।

उनले भने, ‘नेपाली जनताको चेतनास्तर धेरै माथि उठिसकेकोले अब परम्परागत रुपमा मात्रै मतमाग्ने विधीले मात्रै चुनावी अभियान अगाडि बढ्न नसक्ने भएकोले हामीले नयाँ पुस्तालाई समेत आर्कषित गर्ने गरी उपलब्ध सबैखाले विधीहरु अवलम्बन गरिरहेका छौ ।’

लोसपाका उम्मेदवारहरुले इनरुवा र भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा घरदैलो, भेटघाट, टोलभेला गरिरहेका छन । सो क्रममा सबै पार्टीलाई मत दिएर आफूले परिक्षण गरिसकेकोले क्षेत्रमै सबैभन्दा बढी पढेलेखेका र विज्ञ उम्मेदवार पठाएकोले लोसपालाई सुनसरी ४ का जनताले यसपटक मत दिएर परिक्षण गर्ने आश्वास दिदै आफूहरुको कार्यक्रममा सहभागिता जनाईरहेको प्रदेश कका उम्म्ेदवार नुनुलाला उराँवले बताए ।

शनिवार यादव र मेहताको नेतृत्वमा हरिनगर गाउँपालिकाको विभिन्न टोलहरुमा लोसपाले घरदैलोमै पुगेर मतदातालाई भेटेका थिए ।

अघिल्लो लेखमाजगदिश र अब्बासको चुनावी अभियान चुपेचाप पडोसीका साथ
अर्को लेखमाविकास निर्माणका काम बाँकी भएकाले पुनः उम्मेदवार बनेको हुँ ः मेहता

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्