सुनसरी चारमा एमालेका नेता काग्रेसका प्रवेश

0
80
UML leader Congress entry in Sunsari Char
gy

इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेले यादव समुदायबाटै उम्मेदवार बनाउँदा उनको जितको आँकलन भईरहेको बेला एमालेभित्रका यादव अगुवा नेता नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको चुनावी अभियानमा जोडिन थालेका छन ।

आइतवार यादव समुदायको सघन बसोबास रहेको भो्रक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ घर भएका नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य एवम पार्टीका गाउँपालिका इन्जार्च रमेश यादव नेपाली कांग्रेसमा प्रवेश गरे ।

उनले आफ्नै निवासमा कार्यक्रमको आयोजना गरेर एमाले छाडेका हुन । उनलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसमा स्वागत गरे ।

एमाले परित्याग गर्दै यादवले भने, ‘एमालेले सुनसरी ४ का जनतालाई झुक्याउने काम मात्रै ग¥यो । साढे तीन वर्ष प्रदेशको मन्त्री भएका स्थानीय जगदिशप्रसाद कुसियैतले विकासको नाममा सिन्को भाचेनन । तर विरोध गरेर ज्ञानेन्द्रबहादुर कार्कीले विकासको मुल फुटाए । हामी जाति र पार्टीभन्दा विकासको पक्षमा छौ । त्यसैले कांग्रेसमा आउनु परेको हो ।’

उनले कांग्रेसका उम्मेदवार कार्की विकास प्रेमी नेता भएको प्रत्यक्ष अनुभव गरेपछि आफ्नो क्षेत्रको विकासमा सहकार्य गर्न आफू कांग्रेस प्रवेश गरेको भन्दै एमालेबाट यादव समुदायका उम्मेदवार भएपनि भोक्राहा नरसिंहका यादवहरुले जातभन्दा माथि उठेर विकासको पक्षमा मतदान गर्ने दावी गरे ।

यादव यसअघि अघिल्लो निर्वाचनको समयमा तत्कालिन एमाले उम्मेदवार रमेश श्रेष्ठको चुनावी अभियानको क्रममा नेकपा एमालेमा प्रवेश गरेका थिए । पछिल्लो स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट नपाएपछि उनी रुष्ट रहँद आएका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै कार्कीले विकासको मुद्दामा कांग्रेस क्षेत्रमा सबैभन्दा अगाडि रहेकोले स्थानीयहरुमा सकारात्मक प्रभाव परेको भन्दै आफूले विकास निर्माणको कामलाई अझै तिब्रता दिदै सुनसरी क्षेत्र नम्बर ४ लाई नमुना क्षेत्र बनाउने बताए।

उनले सुनसरी खोलाको बाढी नियन्त्रण र सिचाईको लागि आफ्नै पहलमा सुनसरी खोलामा तटबन्ध र बाँध निर्माण गर्न एक अर्ब रुपैया रातो किताबमा बजेट परेको भन्दै निर्वाचन पछि ठेक्का लागेर निर्माण सुरु हुने बताए ।

उनले भने, ‘अब सदाका लागि सुनसरी खोलाको डुबानको समस्या समाधान हुन्छ ।’
आफ्नो पहलमा फूलचौकदेखि विराटनगरसम्मको हुलाकी राजमार्ग निर्माण सम्पन्न भएपछि यहाँको आर्थिक जीवनमा सकारात्मक परिवर्तन आएको भन्दै मन्त्री कार्कीले सुनसरी ४ को समृद्धिको लागि आफू करोडौको विकास योजना सञ्चालन गरेकोले विकासलाई हेरेर जनताले आफ्नो पक्षमा मतदान गर्ने भएकोले आफू विजयी हुनेमा निश्चित भएको दावी गरे ।

उनले हरिनगरमा शितभण्डार निर्माण सम्पन्न हुने चरणमा रहेको र भोक्राहामा समेत शित भण्डार निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यस क्षेत्रका किसानहरुको स्तरोन्नतीका लागि आफूले ठोस योजना ल्याउने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार इस्राईल मन्सुरी, समानुपातिक उम्मेदवार हरिलाल मेहता, भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल आजाद हुसैन, गाउँपालिका उपाध्यक्ष, वडा नम्बर ४ का वडाध्यक्ष हारुन अन्सारी लगायतकाको उपस्थिति थियो ।

अघिल्लो लेखमासुनसरी ३ का दुई धनाढ्य उम्मेदवारको प्रतिष्पर्घामा गरिब मतदातालाई सकस
अर्को लेखमाइनरुवाका निर्णायक मतदाता रिझाउन जगदिश र अब्बासको चुनावी अभियान

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्