सुनसरी २ नम्बर क्षेत्रमा मेहता र कोइराला भ्याईनभ्याई, मतदाताको भब्य स्वागत

0
44
Mehta and Koirala in Sunsari No. 2 area welcome voters
Untitledr-s

इनरुवा । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सिताराम मेहता र राजिब कोइरालालाई मतदाता माँझ पुगेर आर्शिवाद लिन भ्याईनभ्याई भएको छ ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि तोकिदिएको समयमा सबै क्षेत्र पुग्न समस्या हुने स्थितिलाई मध्यनगर गर्दै उनीहरु अहिले अधिकसे अधिक मतदातामाँझ पुग्ने गरी हतार हतारमा चुनावी अभियानमा रहेका छन ।

यसक्रममा आइतवार र सोमबार रामधुनी नगरपालिकाको वडाहरुमा पुगेका उनीहरुलाई मतदाताहरुले भब्य स्वागत गरेका छन । बाटो बाटोमा हिडेर चुनावी अभियानमा सहभागि उनीहरुलाई मतदाताहरु आफै घरको अगाडि बाटोमा फूल, माला र अबिरसहित प्रतिक्षा गरेर उनीहरुलाई आर्शिवाद दिईरहेका छन ।

मतदाताको घरदैलोमा जाने चुनावी प्रचार शैलीको विपरित मतदाताहरु आफै बाटोमा पर्खिएर उम्मेदवारहरुलाई जितको शुभकामना दिईरहेका छन भने आर्शिबादसँगै मतदाताहरु मेहता र कोइरालाको चुनावी अभियानका सारथी भएर चुनावी अभियानमा सहभागि भईरहेका छन ।

रामधुनी ८ का हिरालाल चौधरी कोइराला र मेहताको चुनावी अभियानमा मतदाता र स्थानीयहरु स्वस्फूर्त रुपमा जितको शुभकामना दिदै निर्वाचन अभियानमा सहभागि भईरहेको बताए ।

उनले भने, ‘यस्तो चुनावी अभियान कहिल्यै देखिएको थिएन । सधै मतदाताको घरमा उम्मेदवार पुग्नु पर्दथ्यो तर यसपटक मतदाता नै उम्मेदवारलाई जितको शुभकामना दिन फूल, माला र अविर लगाउँदै चुनावी अभियानमा सहभागि हुन तछाडमछाड गरिरहेका छन ।

कोइराला र मेहताले क्षेत्रको उत्तर र दक्षिण दुबै क्षेत्रमा समानान्तर रुपमा अभियान चलाईरहेका छन । उनीहरु पुग्न नसकेको ठाँउमा स्थानीय र कार्यकर्ताहरुले स्वस्फुर्त रुपमा चुनावी अभियान चलाईरहेका छन ।

अघिल्लो लेखमामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी ४ का मतदाताले ब्यक्ति होईन विकास हेरेर भोट दिने विश्वास
अर्को लेखमासुनसरीको सात वटा निर्वाचनमा समूहबाट सुरक्षाको थ्रेट

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्