इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले पहिलो कार्यकालमा ऐतिहासिक विकास गरेको भन्दै फेरि निर्वाचित भए अहिलेको भन्दा चार गुण बढी विकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

बराहक्षेत्र नगरपालिका अन्र्तगतको चक्रघट्टी, ठाकुरबाडी, शुक्रवारे, पुलाहासहित वडा नम्बर ६, ७ र ८ का विभिन्न टोलबस्तीमा आयोजित चुनावी सभामा संबोधन गर्दै आफू कसैको आलोचना गरेर भन्दा पनि जनताको पक्षमा विकासको काम गरेको आधारमा भोट भाग्न आएको भन्दै मतदातालाई भावनामा भन्दा विकासको काम हेरेर भोट दिन आग्रह गरे ।

उनले संसद विकास कोषबाट १४ करोड रुपैयाको विभिन्न विकास निर्माणको काम भएको र त्यसबाहेक एशियाली विकास बैंकसहित विभिन्न दातृ निकायहरुबाट अरबौको विकास आयोजनाहरु सुनसरी ४ मा सञ्चालित रहेको भन्दै यो निर्वाचनपछि यसको चार गुणा बढी विकासको योजनाहरु आफूले तयार पारेर कार्यान्वयनको चरणमा लैजाने गरी तयारी गरिरहेको बताए ।

उनले आफ्नै पहलमा पहिलोपटक श्रीलंका टापुमा विजुली बत्ति बलेको र टापुलाई जोड्न करोडौ रुपैयाको झोलुङ्गे पुल निर्माणको चरणमा रहेको भन्दै यो क्षेत्रबाट सप्तकोशी नदीमा कोशी ब्यारेजको विकल्पमा देशकै सबैभन्दा ठूलो पुल निर्माणको प्रक्रिया अगाडि बढीसकेको बताए ।

मन्त्री कार्कीले भने, ‘कोशीको पुलको मैले अहिले नै शिलान्यास गर्ने योजना बनाएको थिए । तर त्यसको केही अध्ययन बाँकी रहेकोले निर्वाचन सम्पन्न भएपछि त्यसको शिलान्यास गरेर निर्माणको काम अगाडि बढाउने बताए ।

उनले लौकहीबाट ठाकुरबाडी हुँदै चतरा जोड्ने सबैभन्दा पुरानो बाटो कालोपत्रे गर्ने काम छिट्टै अगाडि बढ्ने जानकारी दिदै अहिलेसम्म भएको विकासको काम हेरेर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरे ।

उनले भने, ‘तपाईहरु आफै विचार गर्नुहोस, कस्ले विकास निर्माणको काम ग¥यो । जगदिश जी पनि यो क्षेत्रबाट सांसद र मन्त्री लामो समय रहनु भयो, भीम आचार्य जी पनि दुई पटक यो क्षेत्रबाट सांसद हुनु भयो । म एक पटक सांसद भए । सबैको काम हेर्नुहोस, कस्ल काम ग¥यो मुल्यांकन गरेर मत हाल्नु होस । ’

मन्त्री कार्कीले आफूले केवल विकासको आधारमा मत मागिरहेपनि अरुले गाली गलौचसहित विभिन्न धार्मिक र जातीय कुरा गरेर समाजलाई विभाजित गरेर मत लिने प्रयास गरिरहेको भन्दै आफू जातीय धार्मिक सद्भावलाई कायम गरेर क्षेत्रको समग्र विकासको माध्यमबाट मात्रै मत लिने पक्षमा रहेको बताए ।

कार्कीले विकासको प्रश्न गरिरहँदा सहभागिहरुले विकासको दृष्टिकोणमा कार्कीले यो क्षेत्रमा ऐतिहासिक काम गरेको भन्दै कार्कीका विकल्पमा अन्य कोही पनि हुन नसक्ने धारणा राखेका थिए ।

अघिल्लो लेखमाइनरुवालाई मिसन बनाएर चुनावी माहौल तताउदै भीम आचार्य र रामप्रसाद मेहता
अर्को लेखमासिताराम र राजिवको चुनावी अभियान गठबन्धनको साथमा खेत खलियानमा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्