इनरुवा । सुनसरी जिल्लाका विभिन्न टोल वस्तीमा रहेका असाहय गरीब विपन्न वर्गका मानिसलाई इनरुवाका दिनेश लम्साल जाडो महिनामा चिसोबाट जोगिनका लागि न्यानो वितरण गर्दै आएका छन ।
इनरुवा ४ निवासी दिनेश लम्सालले तीन वर्षदेखि सुनसरीमा चिसोबाट प्रभावित हुने असाह्य गरीब विपन्न वर्गका मानिसलाई न्यानो उपहारका रुपमा फाइवरको सिरक टोपी लगायतका सामान दिदै आएका छन ।
लम्सालले मंसिरको अन्तिम सातादेखि आवश्यकताका आधारमा रोगी, सुत्केरी, जेष्ठ नागरिक, एकल महिला, अपा·ता भएका व्यक्तिलाई स्थानीय छिमेकी, सामाजिक अगुवाहरुले गरेको पहिचान खोजीका आधारमा सम्बन्धित व्यक्तिको घरमै गएर न्यानो उपहार दिदै आएका हुन ।
उनले कोभिड १९ कोरोना भाइरसको माहामारी फैलिनु अगाडि जिल्लाका भोक्राहा नरसिंह, कोशी, बराहक्षेत्र र इनरुवा नगरपालिकाका करिब १ हजार जनालाई न्यानो उपहार दिएको बताए ।
लम्सालले भने, ‘विगतमा गरीब विपन्न र अपा·ता भएका मानिसलाई सामुहिक रुपमा र एकल रुपमा दिदै आएको न्यानो उपहार वितरण अभियान यसवर्ष भने आवश्यकताको आधारमा घरमा गएर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्न थालेको छु ।
पुस महिना सुरु भएपछि तराई क्षेत्रमा हुस्सु, शितलहर बढेसँगै गरीब विपन्न वस्तीका मानिसहरु चिसोबाट बढी प्रभावित हुने गरेकाले न्यानो लुगाफाटा अभावमा मानिसले कठाङ्ग्रिएर मृत्युसमेत हुने गरेकाले चिसोबाटै ज्यान गुमाउने अवश्था आउन नदिन सक्ने जति सहयोग सवैले गर्न जरुरी भएको लम्साल बताउँछन ।