इनरुवा । सुनसरी जिल्लाबाट फुटवल खेलमा आवद्ध रहेका अग्रपत्तीका उराँव जातीका युवा खेलाडीलाई आवश्यक सामग्री वितरण गरिएको छ ।

नेपाल उराँव आदीवासी जनजाती प्रतिष्ठान सुनसरीको आयोजनामा भएको खेलाडीहरुका लागि जर्सि तथा अन्य आवश्यक सामग्री वितरण गरिएको हो।

जिल्ला फुटवल संघ एन्फा सुनसरीका उपाध्यक्ष मनोज थापा मगरसहितका फुटवल खेलसँग आवद्ध रहेका खेलाडीहरुको सहभागीता सामग्री वितरण गरिएको हो ।

नेपाल उराँव आदीवासी जनाजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार सुनसरीमा रहेका उराँव जातीका युवा खेलाडीहरुलाई व्यवसायीक फुटवल खेलमा प्रोत्साहन गर्नका लागि आवश्यक जर्सी बुटलगायतका सामग्रीहरु प्रदान गरि खेलकुद क्षेत्रमा उराँव समुदायको योगदान बढाउन खोजिएको हो ।

अध्यक्ष बेचन उराँवले सुचना प्रविधिको विकास र बढदो शहरीकरणले युवाहरु कुलत र दुव्र्यसनमा फस्दै गएकाले खेलकुदका माध्यमबाट उनीहरुलाई शारिरीक रुपमा मजवुत बनाउने र खेलकुदमा अब्बल खेलाडीका रुपमा विकास गरि व्यवसायीकता विकास गर्न सहयोग गरिएको बताए ।

इनरुवाको खेल मैदानमा आयोजित कार्यक्रममा मितेरी क्लवका अध्यक्ष हिमाल थापामगर, प्रतिष्ठानका कोषाध्यक्ष सम्पतलाल उराँव, सदस्य दुर्गानारायण उराँव, सुरेश उराँवका साथै प्रशिक्षक शशि थापामगरको सहभागीता रहेको थियो ।

इनरुवा तथा आपसपासका पालिकामा बसोवास गर्ने उराँव समुदायका युवाहरुलाई विभिन्न क्षेत्रमा महत्वपुर्ण सहभागीता अभिबृद्धी गर्न नेपाल उराँव आदीवासी जनाजाती प्रतिष्ठानले आवश्यक सहयोग गर्दै आएको कोषध्यक्ष सम्पतलाल उराँवले बताए ।

सुनसरीमा कानुन व्यवसायी, शिक्षक, राजनितीकर्मी, निजामती कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, मानवशास्त्री, शिक्षाशास्त्री र विमान चालकमा उराँव समुदायले नेतृदायी भुमिका निर्वाह गर्दै प्रतिनिधित्व गराउन प्रतिष्ठानले आवश्यक सहयोग गर्दै आएको थियो ।

हाल युवाहरुलाई खेलाडीका रुपमा विकास गर्नसमेत सहयोग अगाडी बढाएको हो।

अघिल्लो लेखमासुनसरीका प्रहरीलाई वैदेशिक रोजगारमा हुने ठगीको विषयमा अभिमुखिकरण
अर्को लेखमाइनरुवा बजारका सस्थाँपक समाजसेवी राठीको निधन

10 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्