इनरुवा । सुनसरी जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि अग्रपत्तीमा कार्यरत सुरक्षाकर्मीहरुलाई आइसीएफसी फाइनान्स लिमिटेड भाटभटेनी काठमाडौंले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सामाजिक अगुवा रोहित निरौलाका अनुसार लकडाउनका समयमा सर्वसाधरण सँग प्रत्यक्ष रुपमा शान्ती सुरक्षा कायम राख्न खटिएका सुरक्षाकर्मीमा बढदो जाेखिम न्युनिकरण गर्दै सुरक्षित रुपमा सेवाप्रवाह गर्न आइसीएफसीले सुरक्षाकर्मीको लागि स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको हो ।

आइसीएफसी फाइनान्स लिमिटेड भाटभटेनी काठमाडौंका प्रवन्धक संजय थपलियाको विशेष पहलमा सुनसरीमा प्राप्त भएको स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय आयोजित कार्यक्रममा समाजसेवी रोहित निरौलाले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेड क्वाटर सुनसरीलाई १६ हजार माक्स र ग्लोब्स हस्तान्तरण गरेका हुन ।

सुनसरी जिल्लामा रहेका सुरक्षाकर्मीका लागि समाजसेवी निरौलाले विभिन्ँन निकायहरु सँग समन्वय गरि पटक पटक ठुलो सख्याँमा रहेका सशस्त्र प्रहरी वल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई अति आवश्यक स्वास्थ्य सामग्री खोजी गरि उपलब्ध गराउदै आएका छन ।

निरौलाले अग्रपत्तीमा खटिएका सुरक्षाकर्मीलाई कोरोनाको उच्च जोखिमबाट बच्नका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन काठमाडौंमा रहेको आइसीएफसी फाइनान्सका प्रवन्धक संजय थपलियासँग समन्वय गरि नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गर्न लगाएका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गणका गणपति माधव प्रसाद पौडेलले आइसीएफसीलाई महामारीको संकटमा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद पत्र समेत प्रदान गरेका छन ।

यसैगरि सोही कार्यक्रममा सुनसरीका दुवै सुरक्षा निकायलाई २५ हजार थान सर्जिकल मास्क हस्तान्तण गरिएको छ ।

समाजसेवी निरौलाले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई हस्तान्तरण गरेका थिए ।
सहयोगी निकायले सहयोग सामग्री रोहित निरौला मार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीमा उपलब्ध गराएको थियो ।

सहयोगी दाताले आफनो पहिचान सार्वजनिक नगर्ने निती अनुसार निस्वार्थभावले सहयोग गरेको उक्त २५ हजार मास्क दिएकोमा सरोकारवाला निकायले धन्यवाद दिएका थिए ।

अघिल्लो लेखमाघर सोध्छौ भने ए सानु पूर्व इनरूवा गितको म्युजिक भिडियो
अर्को लेखमासुनसरीमा आजबाट लगाउने गरि १३ हजार डोज खोप प्राप्त

8 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्