सुनसरीमा झण्डै अढाई लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईदै

16
116
Nearly 2.5 lakh children being vaccinated against typhoid in Sunsari
khop po

इनरुवा । सुनसरी जिल्लामा आजदेखि विद्यालय तथा खोप केन्द्रहरुमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा टाइफाइड रोगविरुद्धको खोप लगाईने भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार सुनसरी जिल्लामा १५ महिनादेखि १५ वर्षसम्मका २ लाख २४ हजार ३ सय १५ जना बालबालिकालाई ६ सय ९५ वटा खोप केन्द्रमा खोप लगाउने गरी तयारी गरिएको छ ।

खोप अभियानका लागि जिल्लाका १२ वटै पालिकामा आवश्यक तयारी पुरा गरिएकाले चैत २५ गते शुक्रवारबाट खोप अभियानको सुरुवात गरिने प्रसाईले बताए । शुक्रवार विहान इनरुवा स्थित इनरुवा बोर्डिङ स्कुलमा कार्यक्रमको समेत आयोजना गरिएको छ ।

खोप अभियानमा जिल्लाका सवै स्थानीय तहमा १३ सय ११ जना खोप दिने स्वास्थ्यकर्मी र १३ सय ९५ जना स्वयसेवकहरु परिचालित हुनेछन ।

त्यस्तै खोपको साइड इफेक्ट देखिएको अवस्थामा तत्काल स्वास्थ्य सहायताका लागि विज्ञ चिकित्सकहरुसतिको टोली धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, इटहरी अस्पताल र इनरुवा अस्पतालमा तयारी अवस्थामा राखिएको बताईएको छ ।

अहिले अभियानको रुपमा सञ्चालन गरिएको खोप पछि भने नियमित खोप कार्यक्रममा संलग्न गराएर नियमित रुपमा १५ महिनाका बालवालिकाहरुलाई दिने गरी समेत तयारी गरिएको छ ।

खोप अभियानको विषयमा बिहीबार स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाहरुलाई अभिमुखिकरण गरि जानकारी गराएको थियो ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक गोपालराज भण्डारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक संजयसिह थापा, इनरुवा अस्पतालका डाक्टर देवराज घिमिरे, जनस्वास्थ्य नर्स उर्मिला राईलगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

अघिल्लो लेखमाकोइराला क्याम्पको भागमा परेको इनरुवा नगरपालिकामा नयाँ अनुहारको उम्मेदवार बनाउने तयारी
अर्को लेखमाभाण्टावारी नाकाबाट पाँच वर्षमा ११८ जनाको उद्दार

16 टिप्पणीहरू

  1. Aliexpress – это популярный интернет-магазин электроники, модной одежды и обуви, аксессуаров, товаров для дома и многих других товаров от
    китайских производителей.
    Широкий ассортимент продукции
    представлен более 100 миллионами
    изделий по низким ценам. http://www.danayab.com/app_action/tools/redirect/default.aspx?lang=fa&url=https://tel.co.ua/

  2. Aliexpress – это популярный интернет-магазин электроники,
    модной одежды и обуви, аксессуаров,
    товаров для дома и многих других товаров от
    китайских производителей.
    Широкий ассортимент продукции представлен более 100 миллионами изделий по низким ценам. http://www.e-resource.biz/__media__/js/netsoltrademark.php?d=tel.co.ua

  3. Aliexpress – это популярный интернет-магазин
    электроники, модной одежды и обуви, аксессуаров, товаров для
    дома и многих других товаров от китайских производителей.

    Широкий ассортимент продукции представлен более 100 миллионами изделий по низким ценам. http://letitgo.com/__media__/js/netsoltrademark.php?d=Tel.co.ua

  4. I as well as my buddies appeared to be looking at the best guides found on your website and all of the sudden I had an awful suspicion I had not thanked you for those tips. These ladies are already so warmed to see them and already have surely been enjoying them. We appreciate you genuinely very considerate and then for picking out varieties of exceptional themes most people are really needing to discover. Our own honest regret for not saying thanks to you earlier.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्