इनरुवा । सुनसरी जिल्लामा वामपन्थी राजनीतिमा उल्लेखनिय भुमिका निर्वाह गरेका अगुवाहरुलाई ३० औ मदन–आश्रित स्मृती दिवशका अवसरमा सम्मान गरिने भएको छ ।
मदन भण्डारी स्मारक प्रतिष्ठान सुनसरीले इनरुवा ३ सखुवागाछीमा २०८० जेठ ३ गते आयोजना गर्ने विशेष समारोहका बिच वामपन्थी राजनितिमा मह्त्वपुर्ण भुमिका निर्वाह गरेका ५ दर्जन बढी अगुवालाई उच्च सम्मान कार्यक्रम गर्न लागेको हो ।
प्रतिष्ठानले जेष्ठताका आधारमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्दै वामपन्थी राजनिती विचार बोकेर समाज सुधारसगै सवै क्षेत्रमा परिवर्तनका लागि जिवन सम्पर्ण गर्ने व्यत्तीत्वको योगदानको कदर स्वरुप उच्च सम्मान
मदन भण्डारी स्मारक प्रतिष्ठान सुनसरीका अध्यक्ष कृष्ण पोखरेलका अनुसार सुनसरी जिल्लामा जननेता मदन भण्डारी प्रत्यक्ष रुपमा पञ्चायतकाल र २०४६ सालपछि बहुदल आएपछि वामपन्थी राजनितीलाई उचाईमा लैजान र सगठन गर्न नेतृत्व गरेकाले उहाँसग जोडिएका अगुवाहरुलाइ्र्र ३० औ मदन–आश्रित स्मृती दिवशका अवसरमा उच्च सम्मान गर्न लागिएको हो ।
अध्यक्ष पोखरेलले भने जननेता भण्डारीसगै भुमिगतकालमा राजनितीमा लागेका अगुवाहरु शारिरीक, स्वास्थ्य र उमेरका कारण हाल घर परिवारसँग रही राजनिती आस्था विचार र सिद्धान्तलाइ्र्र आत्मसात गरि बस्दै आएकाले बहुदलिय जनवादका प्रणेता मदन भण्डारीको स्मृती दिवशमा विगतको योगदानलाई सम्मान गर्न लागिएको हो ।
प्रतिष्ठानका सचिव दाताराम पोखरेलले जिल्ला भित्र सयौको सख्याँमा वामपन्थी राजनितिसँग बिचार राख्ने राख्ने अगुवाहरु रहनु भएकाले जेष्ठताको पहिलो आधारमा उहाँहरुको खोजी गरि विशेष समारोह आयोजना गरेर योगदानका आधारमा उच्च सम्मान गर्न लागिएको बताए ।
सचिव पोखरेलले सुनसरी जिल्लाका विभिन्न उपमहानगर, नगरपालिका र गाउपालिकामा राजनिती संगठन, समाजसेवा, ससंदिय क्षेत्रमा मह्त्वपुर्ण भुमिका निर्वाह गरिसक्नु भएका अगुवाहरुको पहिचान गरि मुल्याङकन गरेर उच्च सम्मान गर्ने तयारी अन्तीम चरणमा पुगेको बताए ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।
हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ।
जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना रहस्यकै गर्भमै छ ।