इनरुवा । सुनसरी जिल्लामा कोरोना सक्रमणको दोस्रो लहर सुरु भएपछि ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा सक्रमित र मृत्यु हुनेको सख्याँ धेरे रहेको छ ।

सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगरपालिका क्षेत्रमा मात्रै दुई हजार बढी सक्रिय सक्रमित रहेको शहरी क्षेत्रमा ३४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीको ठुलो शहरी क्षेत्र रहेको इटहरी उपमहानगरपालिकामा १ हजार २२ जनालाई कोरोना सक्रमण भएको छ । इटहरीमा कोरोना सक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा ९ सय ३८ जनालाई कोरोना सक्रमण भएको छ । धरानमा आइतवार रातीसम्म २० जनाको मृत्यु भएको छ ।
सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा कोरोनाको दोस्रो लहरबाट ४ सय ३ जना सक्रमित भएका छन । इनरुवा नगरक्षेत्रमा कोरोना सक्रमण पु्ष्टी भएका १२ जनाको मृत्यु भएको छ ।

इनरुवा नगरपालिका कार्यालयले विभिन्न वडाहरुमा गरेको स्वाव परिक्षणबाट १२० जनामा सक्रमण पुष्टी भएको हो । यसैगरि इनरुवाका स्थानियहरुले कोरोना भाइरस सँग मिल्दो लक्षण देखिएपछि आफनो निजी खर्चमा धरान र विराटनगरमा गराएको परिक्षणबाट २८३ जनालाई सक्रमण पुष्टी भएको हो ।

कोरोना सक्रमणबाट सुनसरीको रामधुनी नगरपालिकामा ७४ जना, दुहवी नगरपालिकामा ७४ जना, बराहक्षेत्र नगरपालिकामा ६४ जनामा सक्रमण पुष्टी भएको छ ।

शहरी क्षेत्रको तुलनामा सुनसरीको ग्रामिण क्षेत्र रहेको देवानगञ्ज गाउपालिकामा ६२ जना, बर्जु गाँउपालिकामा ७३ जना, कोशी गाँउपालिकामा ४३ जना, हरिनगर गाँउपालिकामा २७ जना, गढी गाँउपालिकामा ३१ जना र भोक्राहा नरसिह गाँउपालिकामा २३ जना सक्रमित भएका छन।

सुनसरी जिल्लामा हालसम्म २७ सय ७२ जनामा सक्रमण पुष्टी भएको छ । जिल्लाका दुई महानगरपालिका, चार नगरपालिका र ६ गाँउपालिकामा ५७ जनाको मृत्यु कोरोना सक्रमणका कारण भएको छ ।

अघिल्लो लेखमासुनसरीमा लकडाउन कडा बनाउन सडकमा सेना परिचालन
अर्को लेखमासानो जनसख्याँ भएको इनरुवामा ४ सय बढी सक्रमित, १२ को मृत्यु

8 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्