सुनसरी दुईका उम्मेदवार गृहनगर इनरुवाका मतदाता आफ्नो पक्षमा पार्ने दौडमा

0
66
Sunsari two candidates in the race to win the voters of hometown Inaruwa in their favor
vim-sita

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का अधिकांश उम्मेदवारहरु पछिल्लो केही दिनदेखि गृहनगरका मतदाताहरुलाई रिझाउने अभियानमा क्रियाशिल देखिएका छन ।

नेकपा एमाले र जसपा गठबन्धनबाट उम्मेदवार बनेका प्रतिनिधिसभा सदस्य उम्मेदवार भीमप्रसाद आचार्य र प्रदेशसभा सदस्य उम्मेदवार रामप्रसाद मेहता केही दिनदेखि आफ्नो गृह नगर इनरुवा नगरपालिकाका मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने गरी मेहनत गरिरहेका छन ।

आचार्य इनरुवा वडा नम्बर ६ मधेसा निवासी हुन भने मेहता इनरुवा २ निवासी हुन । शनिवार आचार्यले आफ्नो घर भएको वडा इनरुवा ६ मधेसामा प्रदेशसभा उम्मेदवार मेहतालाई समेत साथ लिएर घरदैलो गरे । आचार्य आफ्नो घर भएको वडामा बिपक्षी उम्मेदवारलाई ठूलो अन्तरले लिड गर्ने योजनाअनुरुप चुनाव लागेदेखि दैनिक विहान घरदैलोमा छन ।

विहान पाँच वजे घर बाट मर्निङ वाकमा निस्किने आचार्य आफ्नै घर भएको वडाको घर–घरमा पुग्ने गर्दछन । उनी करिब १५ दिनदेखि निरन्तर कुनै दिन एउटा कुनै दिन अर्को गरी आफ्नै वडाको विभिन्न टोलमा मार्निङवाकसहित घरदैलो गरिरहेका छन ।

तर शनिवार भने उनी र मेहता गाजाबाजसहित कार्यकर्ता र स्थानीयहरुको ठूलो पंक्ति लिएर औपचारिक रुपमा घरदैलोमा पुगेका हुन ।

शुक्रवार इनरुवा नगरपालिकाको वडा नम्बर ५ मा घरदैलो गरेका आचार्य र मेहताले सोही दिन इनरुवा नगरपालिका वडा नम्बर १० मा जल्पापुरमा समेत घरदैलो र कोणसभाहरु गरे । त्यसअघि उनीहरुले इनरुवा ९ बबियामा पनि सभा र घरदैलो गरेका थिए ।

आचार्यको क्षेत्र इटहरीसम्म भएकोले विहानको समय इनरुवामा दिएपनि दिउँसो अरु क्षेत्रमा पुगेपनि प्रदेशसभा सदस्य मेहतासहित इनरुवाका एमाले कार्यकर्ताहरुले वडा नम्बर १ र २ मा पनि घरदैलो गरिरहेका छन ।

नेकपा एमालेका कार्यकर्ताहरुले इनरुवाले उम्मेदवार बाहेक पनि वडा वडामा घरदैलो कार्यक्रमलाई भने निरन्तर अगाडि बढाईरहेका छन ।

प्रदेशसभा उम्मेदवार मेहता भन्छन, ‘घर बलियो भने सबै ठिक हुन्छ । दिउँसो र राती क्षेत्रका अन्य भुगोलका जनता माँझ पुगेपनि विहान र बेलुका औपचारिक वा अनौपचारिक रुपमा आफ्नो गृहनगरका मतदाताहरुमा पुगिरहेका छौ ।’

एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार इनरुवा नगरपालिकाभित्रका छन नेपाली कांग्रेस गठबन्धनका उम्मेदवारहरु पनि इनरुवा नगरपालिकाभित्रकै स्थायी बासिन्दा हुन ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार सिताराम मेहता इनरुवा २ घर भएका उम्मेदवार हुन भने प्रदेशसभा सदस्य उम्मेदवार राजिब कोइराला इनरुवा १ घर भएका उम्मेदवार हुन ।

पछिल्लो समयमा कांग्रेसका पनि दुबै उम्मेदवारहरु इनरुवा क्षेत्रमै केन्द्रीत देखिएका छन । शुक्रवार उनीहरुले इनरुवा ६ मधेसामा घरदैलो गरे भने शनिवार इनरुवा ५ बलाहा क्षेत्रमा घरदैलो कार्यक्रम गरे ।

निर्वाचन क्षेत्रको उत्तर र दक्षिणतर्फको भुगोलको घरदैलो र कोणसभामार्फत मतदाताहरुलाई भेटेका कांग्रेसका उम्मेदवारहरु पछिल्लो समय आफ्नो गृह नगरमा केन्द्रीत हुन थालेका हुन ।
यसअघि नै प्रारम्भमा मेहता र कोइरालाले इनरुवाको आफ्नो घर भएको वडा नम्बर १ र २ मा घरदैलो सम्पन्न गरिसकेका छन ।

उनीहरु अहिले पनि विहान र बेलुकाको समयमा आफ्नो गृह नगरका मतदाताहरुसँग औपचारिक अनौपचारिक रुपमा सम्पर्क गरिरहेका छन ।

दुबै दलका दुबै उम्मेदवार इनरुवा नगर क्षेत्रकै स्थायी बासिन्दा भएकोले इनरुवा क्षेत्रको मत सबैभन्दा बढी कस्को पक्षमा जान्छ भन्ने कुराको महत्व हुने हुँदा दुबै पार्टीका उम्मेदवार पछिल्लो समयमा इनरुवाका मतदाता माँझ बढी केन्द्रीत भएको हुन सक्ने इनरुवा ५ का अच्यूत भण्डारी बताउँछ ।

उनी भन्छन, ‘जितेपनि हारेपनि कस्को लोकप्रियता इनरुवामा रहेछ भन्ने कुराको अर्थ हुने र फेरि इनरुवा यो क्षेत्रका उम्मेदवारको जितहारको निर्णायक स्थान भएकोले पनि सबै उम्मेदवारहरु आफ्नो गृह नगरप्रति बढी केन्द्रीत भएको हुनु पर्छ ।’

अघिल्लो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुनसरी २ मा पर्ने इनरुवाको वडा नम्बर १, २, ६, ९ र १० मा नेपाली कांग्रेसका अहिलेकै उम्मेदवारहरुले नेकपा गठबन्धनका उम्मेदवारभन्दा बढी मत ल्याएका थिए । गत स्थानीय तहको निर्वाचनमा पनि त्यसमध्येको तीन वटा नेपाली कांग्रेस र दुई वटा वडा एमालेले जितेको थियो ।

अहिले गृहनगरमा देखिएको दुई दलका उम्मेदवारको प्रतिष्पर्घा कांग्रेसको पहिलाकै मतको रक्षा गर्दै बढाउने र एमालेका उम्मेदवार आफ्नो मत बढाएर यहाँबाट लिड गर्ने रणनीतिका साथ गृहनगरमा सक्रिय भईरहेका हुन ।

अघिल्लो लेखमाभगवतीलाई बाटोमा फुलमाला अविरले स्वागत गर्ने मतदाता गच्छदारलाई आगँनमा देख्दा घरभित्रै लुक्छन
अर्को लेखमासुनसरी ४ ः लोसपाका उम्मेदवार आ–आफ्नो प्रभावमा क्षेत्र अलग–अलग मोर्चा सम्हाल्दै

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्