इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा कोरोना परिक्षणका लागि स्वाव लिएर पीसीआर परिक्षणको ब्यवस्था नगर्दा सर्वसाधरणले सास्ती पाएको भन्दै स्थानियले आक्रोश व्यक्त गर्न थालेका छन ।
प्रत्यक्ष रुपमा मानिसहरुको भिडमा बसेर विभिन्न संगठित क्षेत्रमा कार्यरत रहेका कर्मचारी तथा व्यवसायीसँगै सर्वसाधारणहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परिक्षण गर्न इनरुवा बाहिर जाने झन्झटले अस्पतालप्रति आक्रोश बढ्दै गएको हो ।
कतिपयले आफुले इनरुवामा पीसीआर गराउँन नपाएको र विराटनगरमा गएर पीसीआर गराउँदा कोरोना संक्रमित पुष्टी भएको बताउदै सामाजिक सञ्जालमार्फत सरोकारवालाहरुको ध्यानआकृष्ट गराएका छन ।
इनरुवा घर भएका सुदिप उमेश बजगाईले आफ्नो फेसवुक वालमा लेखेका छन्, ‘टेष्टेड पोजेटिभ फर कोभिड १९, तर सुनसरी सदरमुकाम इनरुवामा होइन । यहाँबाट ३५ किलोमिटर टाढा विराटनगरमा । किनकी यहाँ त पीसीआर नै छैन । भिम आर्चाय, राजिव कोइराला, सिताराम मेहता, अनि युवा नेता राजन मेहता, सीडीयो, जनस्वास्थ्य खै अनि को कस्को ठाँउ । के तपाई नेताहरु र तपाईका परिवार विरामी पर्दा मात्र सेवा दिने नगरपालिकाले, अस्पतालले, जनस्वास्थ्यले ?’
उनी जस्तै दर्जन बढी सामाजिक संजाल प्रयोगकर्ताहरुले इनरुवा अस्पतालको ’boutमा फेसवुक वालमा स्टाटस लेख्दै विभिन्न पोष्ट गरि आक्रोश व्यक्त गरेको पाईन्छ ।
इनरुवा ६ मधेशाका संगम बस्नेतले ज्वरो आउने, रुधाखोकी लाग्ने, जिउ हात दुख्ने, गन्ध र स्वाद हराउने लगायतका कोरोनासँग मिल्ने लक्षण भएका सयौ मानिसले सदरमुकाम इनरुवाबाट विराटनगर वा धरान गएर पीसीआर गराउदै आएको बताए ।
इनरुवा ३ का कुशल रेग्मीले इनरुवा अस्पतालमा पीसीआर सेवा नहुँदा धेरैजना मानिसहरु कोरोनासँग मिल्ने लक्षण भएपनि स्वास्थ्य परिक्षण नगरी स्वयम होम आइसोलेसनमा बस्ने गरेकाले १० दिनपछि विस्तारै घरबाहिर हिड्डुल गर्ने गरेको बताए ।
आफ्नो निजी सवारीसाधन हुनेहरुले सहज रुपमा पीसीआर गरेर आएपनि बिरामी परेका अन्य व्यक्तिले सार्वजनिक सवारीसाधन तथा भाडाका सवारीमा विराटनगर धरान जानुपर्ने बाध्यताले घरमा बिरामी शरीर लिएर बस्दै आएको अधिकांशको भनाई रहेको छ ।
कतिपयले भने सार्वजनिक सवारी साधनको भिडमै बसेर अरुलाई समेत संक्रमित पार्ने स्थितिमा यात्रा गरेर विराटनगर जान बाध्य छन ।
इनरुवामा अस्पतालमा सुनसरीका कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिकाका चार वटा वडा रहेका प्रकाशपुर, मधुवन लगायतका स्थानबाट सर्वसाधरणहरु उपचार सेवा लिन आउने गरेका छन ।
कम आम्दानी भएका गरीब तथा विपन्न समुदायका मानिसहरुले उपचारका लागि आउने इनरुवा अस्पतालमा महामारीको समयमा सवैले परिक्षण गर्ने पीसीआरका लागि ल्याव स्थापना गरी सेवा संचालन नहुँदा सर्वसाधरणले अस्पताल प्रशासनसँगै जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीप्रति आक्रोश व्यक्त गर्दै आएका छन ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले सार्वजनिक रुपमै आफूहरुसँग २५ लाख रुपैया बजेट रहेको र प्रदेश सरकारसँगको समन्वयमा इनरुवा अस्पतालमा पीसीआर मेसिन ल्याउने घोषणा गत बैशाख महिनामै गरेका थिए । तर अहिलेसम्म पीसीआर मेसिन खरिदको प्रक्रियासमेत अहिलेसम्म सुरु हुन सकेको छैन ।
Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across. It extremely helps make reading your blog significantly easier.
Thanks for sharing superb informations. Your web-site is very cool. I am impressed by the details that you have on this site. It reveals how nicely you understand this subject. Bookmarked this web page, will come back for more articles. You, my friend, ROCK! I found just the information I already searched all over the place and just couldn’t come across. What a great website.
Really nice pattern and fantastic subject matter, very little else we require : D.
There are definitely a whole lot of particulars like that to take into consideration. That could be a nice level to bring up. I provide the thoughts above as basic inspiration however clearly there are questions like the one you convey up the place a very powerful factor might be working in honest good faith. I don?t know if best practices have emerged around things like that, however I’m certain that your job is clearly identified as a fair game. Each boys and girls really feel the impression of only a second’s pleasure, for the remainder of their lives.
I really appreciate this post. I have been looking all over for this! Thank goodness I found it on Bing. You’ve made my day! Thx again
Outstanding post, I think website owners should acquire a lot from this weblog its rattling user friendly.
Hello! I’m at work browsing your blog from my new apple iphone! Just wanted to say I love reading your blog and look forward to all your posts! Carry on the fantastic work!
You made some nice points there. I did a search on the topic and found the majority of people will have the same opinion with your blog.
I as well believe hence, perfectly indited post! .
I just like the helpful information you provide on your articles. I will bookmark your blog and take a look at once more right here regularly. I am relatively certain I will be told lots of new stuff right here! Best of luck for the next!
You could certainly see your skills in the work you write. The world hopes for more passionate writers like you who aren’t afraid to say how they believe. Always go after your heart.