इनरुवामा चोरीका घट्ना बढ्दो, दैनिक जसो चोरी

10
309
Incidents of theft increasing in Inaruwa daily theft
cori ko

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा पछिल्लो समय दैनिक चोरीका घटनाहरु हुने क्रम बढ्दै गएको छ ।

इनरुवा ३ स्थित सखुवागाछी–अदालत सडक आसपासका घरहरुमा पछिल्लो एक महिनाको अवधीमा एक दर्जन बढी घरहरुमा चोरीका घटना भएका छन ।

चोरी भएका घरधनीहरु घरमा ताला लगाएर काम विशेषले बाहिर गएको मौका छोपी चोरले घरको ताला फुटाएर चोरी गर्ने गरेको देखिएको छ ।

सरस्वती टोल विकास संस्थाकी अध्यक्ष मिना लम्सालले एक महिनाभित्र एक दर्जनको संख्यामा टोलमा चोरीका घटना भएको बताइन ।

घरधनी बाहिर रहेकाले कति धनमाल चोरी भयो भन्ने यकिन नभएपनि शान्तिसुरक्षाका लागि प्रहरीको रात्रीकालिन गस्ती र निगरानी बढाउन टोलवासीका तर्फबाट डेलिगेसन जाने तयारी गरिएको अध्यक्ष लम्सालले बताइन ।

स्थानीयहरुले घरमा ताला लगाएर कामको सिलसिलामा बाहिर गएका मानिसको घरमा मुल ढोकाको ताला फुटाएर कोठाको ताला फुटाई दराज लगायतको ताला फुटाई गरगहना, नगद र बढी मुल्य पर्ने सरसमान लैजाने गरेको बताउँछन ।

स्थानीयले चोरीको घटनाको प्रकृती हेर्दा जाने बुझेको मानिसले घरमा मानिस भए÷नभएको एकिन गरेर चोरी गर्ने गरेकाले बाहिरबाट आउने चोरभन्दा परिचित मानिसनै चोरीको घटनामा संग्लन भएको अनुमान गरेका छन ।

प्रायःजसो चोरीका घटना भएका घर धनी यहाँ नभएकाले घटनाको उजुरी प्रहरी कार्यालयमा नदिएकाले प्रहरीले जानकारी अभावमा छानविन र अनुसन्धान नगरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घर छाडेर घुम्न जाने घरधनीले आफन्त वा छिमेकीलाई हेरालुका रुपमा नराख्ने, चोरी भएपछि घटनाको विवरणसहित उजुरी दिन नआउने लगायतका कारणले लामो समयसम्म बाहिर बस्ने गर्दा चोरीका घटना बढ्दै गएको जनाएको छ ।

अघिल्लो लेखमाइनरुवाका किराना ब्यवसायीहरु संगठित
अर्को लेखमासुनसरी–उदयपुरमा अपराध नियन्त्रण गर्न सुरक्षा अधिकारीको संयुक्त समन्वय बैठक

10 टिप्पणीहरू

  1. 100,000 Backlinks only $10,Subject to data from ahrefs.com.After paid $10 by PayPal (My PayPal:helloboy1979@gmail.com),Tell me your URL, email and comment content.I will complete the task within ten days.But It may take up to a month for the data updated from ahrefs.com.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्