इनरुवामा विद्यालयभित्र १० लाखको लागतमा मञ्च बनाउदै पुर्व विद्यार्थी

5
325
Alumni building a stage at a cost of Rs 1 million inside a school in Inaruwa
Bhagwati Secondary School in Inaruwa

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको भगवती माध्यामिक विद्यालयमा माध्यामिक शिक्षा पुरा गरेको विद्यार्थीहरुले आफनै खर्चमा मञ्च निर्माण थालेका छन ।

भगवती माध्यामिक विद्यालयबाट २०४० सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरुले विद्यार्थी जिवनमा रहेको मञ्च नयाँ संरचना बनाउदा भत्कीएपछि औपचारिक कार्यक्रम गर्न प्रयोग हुनेगरि मञ्च निर्माण थालेका हुन ।

एसएलसी २०४० ब्याचका लक्ष्मी पोखरेलका अनुसार ४० सालका पुर्व विद्यार्थीहरुको पहल र अगुवाईमा उपलब्ध भएका र सम्पर्कमा रहेका साथी बिचबाट आर्थिक संकलन गरि स्वेच्छीक रुपमा दिएको सहयोगले मञ्च निर्माण थालिएको हो ।

पोखरेलका अनुसार आफुहरुको ब्याचका साथी मिलेर स्कुल भित्र आवश्यकता रहेको अन्य केही विकासका कामसमेत गर्ने योजना रहेकाले हाल कुल १० लाखको अनुमानित लागत निर्माण कार्य पुरा गर्ने गरि मञ्च बनाइने बताए ।

बुधवार भगवती माध्यामिक विद्यालयबाटै २०१६ सालमा एसएलसी उर्तिण भएका इनरुवाका अग्रज गोपालप्रसाद कोइराला र उमेशलाल कर्णको संयुक्त बाहुलीबाट मञ्च निर्माण कार्यको शिलान्यास गरिएको छ ।

इनरुवामा रहेका विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा विद्यालयकी प्रधानअध्यापक गंगा बराललगायतको सहभागीता रहेको थियो ।

भगवती माध्यामिक विद्यालय भित्र रहेको मञ्च र खुल्ला चौर पञ्चायतकाल र बहुदलकालमा जिल्लाका राजनितिक दल र सरकारका साना ठुला औपचारिक अनौपचारिक सभा सम्मेलन कार्यक्रमलगायतका गतिविधि हुने स्थलका रुपमा प्रयोग हुदै आएको थियो ।

भारत सरकारको सहयोगमा मञ्च रहेको स्थानमा तिन तले विद्यालय भवन बनेपछि मञ्च भत्काइएको थियो मञ्च भत्काएपछि विद्यालयले खुल्ला चौरको घेराबेरा गरेपछि सो स्थानमा सभा सम्मेलन हुन बन्द भएको छ ।

अघिल्लो लेखमासुनसरीमा निजी जिवनमा असर पर्ने गरि होली खेल्नेलाई कारवाही
अर्को लेखमासुनसरीबाट तिन नाल भरुवा बन्दुकसहित दुई शिकारी पक्राउ

5 टिप्पणीहरू

  1. Please let me know if you’re looking for a article author for your weblog. You have some really good posts and I feel I would be a good asset. If you ever want to take some of the load off, I’d absolutely love to write some articles for your blog in exchange for a link back to mine. Please blast me an e-mail if interested. Kudos!

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्