इनरुवाको राजनितीमा वडाअध्यक्षदेखी मेयरसम्म युवा आकाक्षीहरुको दवदवा को को छन दावेदार ?

4
897
In Inaruwa's politics from the ward president to the mayor who are the contenders for the young aspirants?
yuth

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा स्थानिय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि प्रमुख दलबाट वडादेखी नगरसम्म युवाहरु विभिन्न पदका दावेदारका रुपमा देखिएका छन ।

अधिल्लो निर्वाचनमा युवाको प्रतिनिधित्व गर्दै मेयर भएका राजन मेहताको राजनितिक सफलताबाट हौसिएका युवाहरु यस पटक वडाअध्यक्षदेखी मेयरसम्मको आकाक्षीका रुपमा दावेदार बन्दै मैदानमा आएका छन ।

मेयर राजन मेहता पुनः दोस्रो कार्यकालका लागि उम्मेदवार बन्न युवाकै नारा लिएर काग्रेसको राजनितिमा सक्रिय रहेका छन ।

नेकपा एमालेबाट इनरुवा नगरपालिकाको मेयरको उम्मेदवारका रुपमा अनेरास्ववियुका पुर्वअध्यक्ष सरोज पोखरेल यस पटक सशक्त दावेदारका रुपमा देखिएका छन ।

सुनसरी एमाले भित्रको समन्वयकर्ताको रुपमा परिचित रहेका युवा नेता सरोज पोखरेल पार्टी भित्र र इनरुवावासीमा माझमा लोकप्रिय उम्मेदवारका रुपमा चर्चामा रहेका छन ।

एमालेको नगर कमिटी हुदै केन्द्रीय सदस्यसम्म र हाल प्रदेश कमिटी सदस्य रहेका पोखरेलले यस पटक इनरुवामा युवाको जनमतलाई आफनो पक्षमा पार्दै चुनावमा बाजी मार्ने दाउमा रहेका छन ।

इनरुवाको विकासको ५ वर्षे योजना निमार्ण गरेर बसेका पोखरेलले उम्मेदवार बनेपछि ति योजना सार्वजनिक गर्ने तयारीमा रहेका छन ।

इनरुवा नगरक्षेत्रमा नेपाली काग्रेसको राजनितिमा र सुनसरी जिल्लामा तरुण दलको राजनितीमा सक्रिय रहेका रमेश कटुवाल यस पटक मेयरको उम्मेदवार बन्ने दौडमा रहेका दावेदार हुन ।

यसैगरि युवाहरुको प्रतिनिधित्वको माग गर्दै काग्रेसका युवा नेता रन्जेश भट्टराई मेयरको आकाक्षीका रुपमा देखिएपनि २ नम्बर वडाबाट वडाअध्यक्ष बन्ने दौडमा अगाडी रहेका छन ।

काग्रेसको आन्तरीक राजनितीमा सधै चर्चामा आई रहने व्यत्तीका रुपमा परिचित योगेन्द्रप्रसाद मेहतासमेत युवाको प्रतिनिधिका रुपमा आफुलाई आउने चुनावमा मेयरको उम्मेदवारका रुपमा प्रस्तुत गरिहेका छन ।

हालकी उपमेयर जमुना गौतम पोखरेलसमेत युुवाको प्रतिनिधित्व गर्दै यसपटक मेयर पदको दावेदारका रुपमा काग्रेस भित्र देखिएकी छिन ।

कानुन व्यवसायी मणिराज दुलालसमेत वडाबाट नगरमा पठाउने सिफारिस भएका मेयरका आकाक्षीहरुको सुचीमा समावेश भएका छन । काग्रेसकी युवा नेतृ सहजादी प्रविण यसपटक उपमेयर पदका लागि सशक्त दावेदारका रुपमा अगाडी देखिएकी छिन ।

यसैगरि इनरुवा काग्रेसकी उपसभापती विनीता दाहाल आफनो दावेदारीसहित प्रचार प्रसारमा जुटेकी छीन ।

वडाअध्यक्षका रुपमा नेकपा एमालेको युवा विद्यार्थी राजनितिमा सक्रिय रहेका इनरुवा १ नम्बर वडाका हरि निरौला यस पटक वडाअध्यक्षको दावेदारका रुपमा अगाडी देखिएका छन ।

निरौलाले मतदाताहरुमा माझमा घरदैलौ गरि चुनावमा उम्मेदवार बन्ने सन्देश दिन सक्रिय देखिन्छन । उनले काग्रेसको बर्चश्व रहेको वडामा एमालेबाट नयाँ इतिहास रच्ने दावी गरेका छन।

एमालेका अर्का युवा नेता किरण श्रेष्ठ इनरुवा १ नम्बर वडाबाटै वडाअध्यक्षको आकाक्षीका रुपमा दावेदार भएर अगाडी देखिएका छन । श्रेष्ठले एमालेका तर्फबाट टिकट पाए आफुले जित्ने दावी गर्दै आएका छन ।

नेपाली काग्रेस इनरुवाका उपसभापतीसमेत रहेका युवा नेता प्रदिप ढकालले यसपटक आफुले वडाअध्यक्षको टिकट पाउनु पर्ने दावी गरेका छन ।

इनरुवा २ नम्बर वडाबाट काग्रेसका तर्फबाट बादल साह यस पटक वडाअध्यक्षको आकाक्षीका रुपमा अगाडी देखिएका छन । उनीसगै वडाअध्यक्षका लागि वहाव अन्सारीसमेत मैदानमा दावेदार भएका छन ।

इनरुवा ३ नम्बर वडामा नेपाली काग्रेसका तर्फबाट वडाअध्यक्षका लागि काग्रेसका युवा नेता तथा ४ नम्बर क्षेत्रका सचिव रोशन खडका प्रवल दावेदारका रुपमा अगाडी देखिएका छन ।

खडकाले काग्रेस सस्थापन पक्षको प्रतिनिधित्व गर्दै यसपटक आफुले टिकट पाउने दावी गर्दै आन्तरीक राजनितीमा आफनो पक्षमा लविङ तिब्र बनाएका छन। उनलाई काग्रेसका केन्द्रिय नेताहरुले उम्मेदवार बनाउने सुचीमा प्राथमिकतामा राखेका छन ।

नेपाली काग्रेसका ३ नम्बर वडासभापती रहेका सुनाेज निराैला यसपटक वडाअध्यक्षका लागि प्रमुख दावेदारका रुपमा अगाडी देखिएका छन । निराैलाले इनरुवा नगरपालिकामा रहेकाे जागिरबाट राजिनामा दिएर उम्मेदवार बन्ने तयारी गरेका छन । उनले यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग अगाडी सारेका छन ।

यसैगरि इनरुवा ३ नम्बर वडाको वडाअध्यक्षमा काग्रेसको ४ नम्बर क्षेत्रिय समितीका सदस्य नारायण दुलालसमेत आकाक्षीका रुपमा अगाडी देखिएका छन । दुलालले आफु पार्टीको आन्तरीक राजनितीमा सवैपक्षको साझा उम्मेदवार बन्ने दावी गरेका छन ।

काग्रेसका इनरुवा सचिव राकेश निरौला वडाअध्यक्षको आकाक्षीको दौडमा अगाडी देखिएका छन । उनलाई काग्रेसका तरुण, विद्यार्थीहरुको समर्थन र साथ रहेको बताइन्छ ।

इनरुवा ४ नम्बर वडामा नेकपा एमालेबाट युवासंघका नेता धिरज वर्मा आकाक्षीहरुको दौडमा अगाडी देखिएका छन । उनले यसपटक आफुले टिकट पाए एमालेको पुरानो साखलाई बचाउने दावी गरेका छन ।

उनीसगै हालका वडासदस्य विष्णु उराँवसमेत वडाअध्यक्षका लागि उम्मेदवारको दौडमा रहेका छन। काग्रेसका ४ नम्बर क्षेत्रिय सहसचिव जितेन्द्र यादव यस पटक ४ नम्बर वडाअध्यक्षका लागि दावेदारका रुपमा अगाडी देखिएका छन ।

उनले वडामा काग्रेसले जित हासिल गर्न आफुलाई टिकट दिए सफलता पाउने दावीसहित काग्रेसलाई पुर्नजिवन दिने बताएका छन । नेकपा माओवादी केन्द्रका तर्फबाट नारायण यादव ४ नम्बर वडामा दावेदारका रुपमा अगाडी देखिएका छन ।

इनरुवा ५ बलाहामा काग्रेसका नेता अनिल पोखरेल, शेखर पोखरेल र लेखराज निरौलाले अकाक्षीका रुपमा आफनो दावेदारी प्रस्तुत गर्दै टिकट पाए चुनाव जित्ने दावी गरेका छन । नेकपा एमालेका तर्फबाट ५ नम्बर वडामा मेघराज न्यौपानेको चर्चासमेत चुनावी मैदानमा वडाअध्यक्षका रुपमा रहेको छ ।

यसैगरि नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवारका रुपमा तोया गिरी, ओके दाहाल र रमेश भट्टराईको नाम सिफारिस भएको छ भने उपमेयरमा बिमला पोखरेलको नाम सिफारिस भएको छ ।

उनीहरु सवैजना युवाको प्रतिनिधिका रुपमा देखिएका अनुहार हुन । जनता समाजवादी पार्टीबाट इनरुवाको मेयरका लागि उम्मेदवारका रुपमा सर्वसम्मत चयन भएका दिलिपचन्द साहु युवाका रुपमा नगरक्षेत्रमा परिचित रहदै आएका छन ।

इनरुवाकाे मेयरका लागि नेपाली काग्रेसबाट भर्खर एमाले प्रवेश गरेका मनाेज मेहतासमेत मेयरकाे उम्मेदवारकाे दावेदार रहेका छन ।

जसपाका तर्फबाट गठबन्धनमा सहभागी नहुने र कुनै निर्णय नमान्ने घोषणा गरेका साहु यस पटक नगरक्षेत्रमा रहेका उम्मेदवारहरु मध्ये सशक्त उम्मेदवारका रुपमा अगाडी रहेका छन ।

अघिल्लो लेखमाइनरुवामा संगित र पत्रकारीता क्षेत्रका श्रष्टालाई सम्मान
अर्को लेखमाइनरुवाको मेयरमा एमालेभित्र नयाँ पुस्ताको उम्मेदवार खोजी

4 टिप्पणीहरू

  1. Use artificial intelligence to cut turnaround time, extend your budget, and create more high-quality content that Google and readers will love. How It Works? WordAi is extremely fast and intuitive. Just enter your content, click rewrite, and in a matter of seconds, WordAi will rewrite an entire piece of content for you. WordAi comes up with different ways to express the same ideas by rewriting every sentence from scratch. This not only removes duplicate content, it also makes the rewritten content read completely naturally. Scale Your Business Make your entire content production process 10x more efficient. Use AI to create more high-quality, unique content that impresses clients and engages readers, all without having to put in more hours Register here and get a bonus.

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्