इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवा र नेपाल निजामती कर्मचारी संगठन सुनसरीको संयुक्त आयोजनामा १ सय ५० बढी सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको हो ।

विभिन्न पद र ओहदामा रही अवकाश पाएका राष्ट्रसेवक कर्मचारीहरुलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

सेवा निवृत्त कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय महासचिव जिवन काफ्ले र राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाका अध्यक्ष लेखनाथ पौडेलले सम्मान गरेका छन ।

सेवा निवृत जीवन बिताई रहेका कर्मचारीहरु बिच मिलन गराउने र अनुभवका साथै सुख दुःख साटासाट गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव कुमार न्यौपानले जानकारी दिए ।

कार्यक्रममा संस्थाका तर्फबाट कार्यगत प्रगति, अपेक्षा गरिएका कार्यक्रमका साथै नियमित कार्यक्रम र वार्षिक साधारण सभाको लक्ष्य, वित्तिय अवस्था लगायतका ’boutमा समेत जानकारी गराइएको थियो ।

अघिल्लो लेखमाइनरुवाको बजेट झण्डै ७४ करोड : अघिल्लो आ.व.को घाटा बजेटले थोरै योजना समावेश
अर्को लेखमाइनरुवा अस्पतालमा व्यापक सुधार पाँच वटा क्षेत्रमा विशेषज्ञ सेवा

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्