इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आम निर्वाचन २०७९ समपन्न भए लगतै आर्थिक समृद्धीका लागि व्यवसाय संचालन हुन थालेका छन ।

काठमाण्डाैमा बसेर हाेलसेल व्यवसाय गर्दै आएका इनरुवा ३ निवासी व्यवसायी कृष्ण आचार्यले मालपोत चोकमा खानपिनका पारखीहरुका लागि लक्षित गर्दै वाताअनुकुलित रेष्टो एण्ड वार संचालनमा ल्याएका हुन ।

सोमबार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले ड्रिम रेष्टो एण्ड वारको उद्घाटन गरेपछि आचार्यको व्यवसाय संचालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर भण्डारीले समृद्ध इनरुवा निर्माणका लागि व्यवसाय संचालनमा ल्याउने लगानीकर्ताहरुलाई नगरपालिकाले प्रदान गर्ने सेवा सुविधामा सहयोग पु¥याउनुका साथै करमा समेत छुट दिने प्रतिवद्धता जनाए ।

मेयर भण्डारीले देशका अन्य शहरहरुमा जस्तै इनरुवामा स्वादिष्ट खानेकुराका परिकारका नपाउने अवश्थाको अन्त्य गर्न व्यवसायीहरुले होटल क्षेत्रमा लगानी गरेर उपभोक्ताहरुलाई सेवा दिने क्रम बढ्न थालेकाले लगानीमैत्री वातावरण बनाउन नगरपालिकाले आर्थिक नीति बनाउने प्रतिवद्धता व्यत्त गरे ।

ड्रिम रेष्टो एण्ड वारका संचालक कृष्ण आचार्यले हाल ५० लाखको लगानीमा संचालन सुरुवाती गरेको रेष्ट्रोमा काठमाण्डौ बाहिर पहिलो पटक संद्यिय राजधानीमा पाइने स्वादिष्ट प्रकारका खानेकुराका साथै शुद्ध नेपाली र विदेशी खानेकुरासमेत पाइने बताए ।

आचार्यले इनरुवा भित्रका ग्राहकलाई टेलिफोन सेवामार्फत अर्डर लिएर होम डेलिभरीको सेवा दिने व्यवस्था मिलाएको बताए ।

अघिल्लो लेखमाB2Broker Equities CFDs Liquidity 700+ Financial Instruments
अर्को लेखमाविराट नर्सिङ होमको इनरुवा प्याथोलोजी सेवामा आजसम्म ५० प्रतिसत छुट

26 टिप्पणीहरू

जवाफ छाड्नुस्

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्